आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लड लाइट टावर (तस्बिरहरू) « Khabarhub

आइपुग्यो त्रिवि क्रिकेट मैदानको फ्लड लाइट टावर (तस्बिरहरू)


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नति धमाधम भइरहेको छ । उक्त क्रिकेट मैदान स्तरोन्नतिका क्रममा राख्न लागिएको फ्लडलाइट टावर पनि बुधबार काठमाडौं आइपुगेका छन् ।

अहिले ती फ्लडलाइट टावरहरू क्रिकेट रंगशाला बाहिर राखिएको छ । रात्रिकालीन खेलका लागि आवश्यक फ्लडलाइटका टावर भारतको उत्तरप्रदेशबाट ल्याइएको हो ।

यी टावर बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर ती फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो।

अब ती टावर पनि धमाधम जडान गरिनेछ । ४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बीकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्याराफिट विस्तार र फ्लडलाइट जडान गर्न लागेको हो।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ४० बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया