पन्ध्र वर्षपछि सिँचाइ आयोजना पुनर्निर्माण | Khabarhub Khabarhub

पन्ध्र वर्षपछि सिँचाइ आयोजना पुनर्निर्माण


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– सडक निर्माणका क्रममा क्षति पुगेको म्याग्दीको मंगला गाउँपालिका-२ स्थित घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको नहर १५ वर्षपछि पुनर्निर्माण भएको छ । 

सल्यानको फेदीमा रहेको घुरेनीको मुहानबाट कोत्रवाङ र सिमको फाँटमा पानी ल्याउने नहर विसं २०६७ मा सिम-कुहुँ सडक निर्माणका क्रममा पुरिएको थियो । घुरेनी-कोत्रवाङ-सिम सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर खत्रीले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा १५ वर्षपछि नहर पुनर्निर्माण गरिएको बताए । 

‘नहर पुरिएपछि पाइपबाट पानी ल्याएर खेतीबाली लगाउन र सिँचाइ गर्न साह्रै समस्या भएको थियो’, उनले भने, ‘यसपालि नहर पुनर्निर्माण भएपछि समयमा रोपाइँ गर्नुका साथै हिउँदेबालीमा सिँचाइ गर्न सहज भएको छ ।’

पाइपमा पर्याप्त पानी नआउने र कच्ची नहरमा पानी सोसिने अर्को समस्या पनि थियो । 

आयोजनाबाट १५ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए । एक हजार ७०० मिटर पक्की नहर निर्माण भएको बताउँदै उनले मुख्य नहरका शाखा नहरहरू पनि निर्माण भएका उल्लेख गरे। 

 एक करोड ३३ लाख लागत अनुमान गरिएको आयोजना निर्माणका लागि विसं २०८१ जेठ २५ गते शान्ति निर्माण सेवाले ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । एक वर्षको ठेक्का अवधि भएको योजना निर्धारित समयभित्रनै सम्पन्न भएको हो । 

गत आर्थिक वर्ष २०८०-८१ मा १० लाख बजेट विनियोजन भएको योजनाका लागि एक करोड ३३ लाख बराबरको स्रोत सुनिश्चितता गराएर बहुवर्षीय ठेक्का लगाइएको डिभिजनल इञ्जिनियर ओझाले बताए। 

कोत्रवाङ र सिमको बीचमा बाँकी रहेको सिँचाइ योजनाको संरचना निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट आगामी आवका लागि पाँच लाख विनियोजन भएको छ । 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ५८ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं