अन्तरघात आरोपमा गण्डकीका पूर्वमन्त्री खड्का कांग्रेसबाट निकालिए | Khabarhub Khabarhub

अन्तरघात आरोपमा गण्डकीका पूर्वमन्त्री खड्का कांग्रेसबाट निकालिए


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कालाई पार्टीबाट निस्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिले उनलाई १ वर्षका लागि पार्टीबाट निस्कासन गरेको हो । 

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले महासमिति सदस्यसमेत रहेका खड्काले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका कारण निस्कासन गरिएको जानकारी दिए । 

उनले अनुशासन समितिको असार ९–१७ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध असहयोग गरी पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो-भिडियो लगायत अनेकन हत्कण्डाहरू प्रयोग गरिएका प्रमाणहरूका आधारमा कारबाही गरेको बताए ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ३२ बजे

विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी, ६ लाख बराबरको क्षति

काठमाडौं– काठमाडौंको काँडाघारीमा रहेका एक फर्निचर उद्योगमा आगलागी भएको छ

नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– कात्तिकः नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको

पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ

कास्की– प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ

जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला– जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय