बाढी प्रभावितको मानव अधिकारप्रति संवेदनशील बन्न आग्रह « Khabarhub

बाढी प्रभावितको मानव अधिकारप्रति संवेदनशील बन्न आग्रह


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचार गराउन माग गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त बाढी पहिरोका कारण मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र आवत जावत सञ्चालन गर्न माग गरिएको छ ।

‘बाढीमा परी अझै हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क, भरपर्दो उपचार गराउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवतजावत सञ्चालन गर्न, संकटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन, विपद्पूर्व, विपदको अवस्था र विपद्पश्चात गरिनुपर्ने कार्यको प्रभावकारी योजना बनाउन जरुरी छ ।’

आयोगले संकटको बेलामा हुन सक्ने मानव अधिकार उल्लङ्घनका घटनाप्रति सचेत हुन सरकारलाई आग्रह गरेको छ ।  यस विपद्पूर्ण घडीमा राज्यका निकायले गर्ने कार्यलाई आ–आफ्नो भूमिकामा रहेर सघाउनसमेत आयोगले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आयोगले बाढीपश्चात् धनजनको क्षति न्यून गर्न उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्बद्ध निकायबाट भएको कार्यप्रति धन्यवाद ज्ञापन गरेको छ ।

उक्त बाढीमा परेकामध्ये हालसम्म नौ वटा मानव अङ्ग फेला परेको, १९ जना हराइरहेका र दर्जनौँ घाइते हुनुका साथै सवारिसाधन, भवन, सडक, हाइड्रोपावर जस्ता भौतिक सम्पत्तिमा क्षति पुगेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ । 

उक्त घटनाको अनुगमनका लागि आयोगको अनुगमन टोली रसुवा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ५७ बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार