सुदेश पराजुली भन्छन्- रामकुमारीलाई बाजा बजाएर एमालेमा भित्र्याए हुन्छ « Khabarhub

सुदेश पराजुली भन्छन्- रामकुमारीलाई बाजा बजाएर एमालेमा भित्र्याए हुन्छ


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले नेतृ रामकुमारी झाँक्रीलाई बाजा बजाएर नेकपा एमाले भित्र्याउन भनेका छ्न ।

अध्यक्ष माधवकुमार नेपालनिकट पराजुलीले नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटालाई जवाफ फर्काउँदै यस्तो बताएका हुन् ।

स्थायी कमिटी सदस्य झाँक्रीलाई कारबाहीदेखि निष्कासनसम्मको तयारीसहित एकीकृत समाजवादीले स्पष्टीकरण सोधेको प्रसंगमा बास्कोटाले हिजो (नेकपा कालमा) ओलीविरुद्ध बोल्दा ताली ठोक्नेहरूले आज मुखमा पट्टी टाँस्न खोजेको टिप्पणी गरेका थिए।

बास्कोटाले ‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम’ भन्दै ‘हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकले झैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु’ भनेर टिप्पणी गरेका थिए ।

बास्कोटाको यो टिप्पणीपछि पराजुलीले त्यस्तो सहानुभूति भए आफ्नो भन्दा ठूलो पद दिएर झाँक्रीलाई पार्टीमा स्वागत गर्न भनेका हुन्।

‘माया, दया, सद्भाव, सहानुभूति भए आफ्नो पदभन्दा ठूलो पद दिएर बाजागाजासहित स्वागत गरे भयो नि’, उनले भनेका छन्, ‘बेलाको बोलीमा हिम्मत र समर्थन हुन्छ । कु-बेलाको बोली, दृष्टिकोण, व्यवहारमा घृणा, तिरस्कार र विरोध हुन्छ ।’

झाँक्रीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपाललाई सिनोको संज्ञा दिँदै अब बोक्न नसकिने बताएपछि विवादमा छिन् । उनलाई समाजवादीले मंगलबार मात्रै एक साताको समय दिएर स्पष्टीकरण सोधेको छ । यदि चित्तबुझ्दो जवाफ नदिए निष्कासनसम्मको तयारी समाजवादीले गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : ५५ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम