शूटिङमा ट्याक्टर चलाउँदा पावरफूल फिल गरेँ: साम्राज्ञी | Khabarhub Khabarhub

शूटिङमा ट्याक्टर चलाउँदा पावरफूल फिल गरेँ: साम्राज्ञी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ मा शीर्ष भूमिका निभाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यो फिल्म हेर्दा दशैँ आएको महसुस भएको बताएकी छिन् ।

दशैँको रमझम समेत देखाइएको यो फिल्ममा साम्राज्ञी र अंकित खड्काको शीर्ष भूमिका देख्न सकिन्छ । राजधानीमा राखिएको स्पेशल शोमा फिल्म हेरिसकेपछि साम्राज्ञीले  छाया‌कंनका क्रममा रमाइलो भएको स्मरण गरिन् ।

‘फिल्ममा मैले आजसम्म नगरेको कामहरु गरेकी थिएँ, लाज पनि लागेको थियो, तर यस्तो काम पनि गर्न सक्ने रहेछु कुराले खुशी लागेको थियो,’ उनले भनिन्, ‘काम गर्दा म खुशी पनि थिएँ, फिल्मको एक दृश्यमा ट्याक्टर चलाउनुपर्ने थियो, त्यतिबेला मैले झन् बढी पावरफूल फिल गरेँ, किनकि मैले यसअघि त्यो काम गरेकी थिइनँ ।’

उनले दर्शकले यसअघि आफूलाई फरक खालका फिल्म किन नगरेको भन्दै प्रश्न सोध्ने गरेको र अब यो प्रश्नबाट ती दर्शकले पनि उत्तर पाउने धारणा राखिन् । ‘दर्शकले यस्तो फिल्म किन नगरेको भनेर पनि प्रश्न सोध्नुहुन्थ्यो,’ उनले भनिन् ।

चलचित्रको कुरा गर्नुपर्दा, फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा अंकित र साम्राज्ञीका अलावा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्ममा आफ्नै गाउँमा पनि केही पौरख गर्न सकिन्छ भन्ने कथा देखाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ४ : ११ बजे

अदालतमा विचाराधीन रविको मुद्दाबारे रास्वपा भन्छ : ४० लाख जनताले प्रतिशोध र अन्यायपूर्ण भनिसके

काठमाडौं- विभिन्न पाँचवटा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा मुछिएका सभापति

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली– व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

राँझा– सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापरबाहीले

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै