सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण « Khabarhub

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ ।

वडाले १० लाख रुपैयाँको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरपरिवारलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको हो ।

वडाध्यक्ष विनोदकुमार यादवका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

चमार टोलकी विन्दादेवी रामले ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको बताइन् । ‘अब धुँवामा बस्नुपर्दैन’, उनले खुसी सुनाइन् ।

वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि १० लाख रुपैयाँ बजेट छुट्याइएको छ । उक्त बजेटबाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ । उनले भने, ‘त्यसपछि वडाभरका सबै दलित बस्तीमा ग्यास चुलो पुग्नेछ ।’

यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवारलाई पनि चुलो वितरण गरिसकेको छ ।

आर्थिक वर्ष ०८०–०८१ मा नौ लाख रुपैयाँ खर्चेर रामपुर पिप्रा र तिलैया क्षेत्रका मुसहर बस्तीमा ग्यास चुलो जडान गरिएको थियो । (रासस)

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  १० : ३४ बजे

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न