महाधिवेशनले पास गरेका कुराको विरोध गर्दै हिँड्नु संगठनात्मक अराजकता : शंकर पोखरेल | Khabarhub Khabarhub

महाधिवेशनले पास गरेका कुराको विरोध गर्दै हिँड्नु संगठनात्मक अराजकता : शंकर पोखरेल


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाधिवेशनमा आफैं सहभागी हुने,त्यसले पास गरेको दस्तावेजमा आफैं प्रश्न उठाउनु संगठनात्मक अराजकता हो ः महासचिव पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधि हुने अनि त्यही महाधिवेशनले पास गरेको विधानबारे प्रश्न उठाउने कुरा संगठनात्मक अराजकता भएको बताएका छन् ।

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

भेलामा उनले विधान महाधिवेशनले तय गरेका कतिपय विषय राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने भएकोले यसको वैधानिक व्यवस्थाको जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा सांगठनिक अराजकता भएको बताए ।

‘विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो’, महासचिव पोखरेलले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछन्, त्यसको प्रतिवाद गर्नुपर्दछ ।’

पार्टी र संगठनभित्र फैलिएको अराजकता क्षम्य नहुने भन्दै उनले पार्टीका घोषित नीतिको अवज्ञा नगर्न चेतावनी दिएका छन्।

भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्वविरुद्धको आक्रमण गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि बढेको बताए ।
एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैल्याउने गरेको उनले बताए ।

‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउने नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा छन्’, महासचिव पोखरेलले भने, ‘पश्चगामी सोच भएका राजावादी र कम्युनिष्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार्ने प्रयासमा छन् ।’

उनले यी तीनै शक्ति एमालेलाई कांग्रेसबाट अलग्याएर आफूहरुसहितको सरकार बनाउन तल्लीन रहेको बताए ।

भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नु पर्नेमा एकथरी नेता कार्यकर्ता पार्टीभित्र नै किताकाट गर्ने काममा संलग्न भएको उनले बताए ।

‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन’, पोखरेलले भेलालाई निर्देशन दिँदै भने, ‘जतिबेला जे काम पर्छ त्यही गर्नुस् । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरुले थाहा पाउनुहोस । ’

पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले विधान महाधिवेशनले पास गरेका कतिपय विषयस्तु चितवन महाधिवेशनले संशोधन गरेको स्मरण गराउँदै पार्टीको निर्णयविरुद्ध नबोली नेता नहुने मानसिकता त्याग्न आग्रह गरे ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  २ : २६ बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल