हुती विद्रोहीले लाल सागरमा डुबाइदिए एउटा जहाज, चालक दलका सदस्यको अपहरण « Khabarhub

हुती विद्रोहीले लाल सागरमा डुबाइदिए एउटा जहाज, चालक दलका सदस्यको अपहरण


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

साना- यमनका इरानसमर्थित हुती विद्रोहीले एक मालवाहक जहाजमा आक्रमण गरी लाल सागरमा डुबाइदिएका छन्। आक्रमणमा चालक दलका केही सदस्यको मृत्यु भएको छ भने केहीलाई अपहरण गरिएको छ।

‘यूके म्यारीटाइम ट्रेड अपरेशन्सका अनुसार लाइबेरियाली झण्डा बोकेको ‘इटरनिटी सी’ नामक मालवाहक जहाजमा २५ जना चालक दलका सदस्य सवार थिए।

सोमबार एक सानो डुंगाबाट प्रक्षेपित रकेट–प्रोपेल्ड ग्रेनेड (आरपीजी) हमलामा जहाज गम्भीर रूपमा क्षतिग्रस्त भई सञ्चालन क्षमता गुमाएको थियो ।

हुती विद्रोहीले जहाज इजरायल जाँदै गरेको आरोप लगाउँदै आक्रमण गरेको थियो । उनीहरूले जहाजमा रहेका चालक दलका केही सदस्यहरूलाई बन्धक बनाएका छन्।

यमनस्थित अमेरिकी दूतावासले चालक दलका धेरै सदस्यहरूको अपहरण गरिएको पुष्टि गर्दै तिनको तत्काल रिहाइको माग गरेको छ।

युरोपेली संघको नौसैनिक मिशन ‘अपरेसन एस्पाइड्स’ का अनुसार पहिला बेपत्ता ६ जना चालक दल सदस्यलाई उद्धार गरिएको छ । जसमा ५ जना फिलिपिनी र एकजना भारतीय नागरिक छन्। अन्य १९ जना अझै बेपत्ता छन्।

हुती विद्रोहीले एक साताको अन्तरमा यो दोस्रो मालवाहक जहाज डुबाएका हुन्। यसअघि ‘म्याजिक शिप’ नामक जहाजमा मिसाइल र ड्रोनबाट हमला गरेर डुबाइएको थियो।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  २ : ४५ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता