बाढी र पहिरोले क्षतविक्षत रसुवागढी-स्याफ्रुबेँसी सडक (तस्बिरहरू) « Khabarhub

बाढी र पहिरोले क्षतविक्षत रसुवागढी-स्याफ्रुबेँसी सडक (तस्बिरहरू)


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

रसुवा- यही मंगलबार बिहान ३ बजे नेपाल-चीन सीमामा पर्ने लेन्देखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको स्याफ्रुबेँसी-टिमुरे सडक क्षतविक्षत बनाएको छ ।

बाढी र पहिरोको विध्वंशले यो सडक पूर्णरुपमा अवरुद्ध भएको छ । भोटेकोशी किनारको दर्जनौँ ठाउँमा गएको पहिरोका कारण सवारी साधन चलाउन सम्भव छैन । पैदल यात्रा गर्नसमेत चुनौतीपूर्ण छ ।

गोसाइँकुण्ड गाउँपालिका-३ लिङलिङमा सडक बाढीले बगाउँदा त्यस क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नु पर्ने अवस्था छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले ठाउँ ठाउँमा बाटो बनाउने काम गरेका छन् । तर सवारी साधनका लागि सडक कहिले खुल्छ भन्न सक्ने अवस्था छैन ।

नेपाल-चीन जोड्ने प्रमुख सडक अवरूद्ध हुँदा काठमाडौं उपत्यका प्रवेश गर्ने सयौँ मालबाहक सवारी साधन टिमुरेमै थन्किएका छन् ।

रसुवागढी नाका पनि बाढी र पहिरोले ध्वस्त हुँदा उत्तरी छिमेकी चीनसँगको व्यापार करिब ठप्प भएको छ । २०७२ को भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाकाको अवस्था अझै सुधार भएको छैन ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ३ : १६ बजे

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

जनकपुरधाम– धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै

एनसेलको आम्दानीको ६० प्रतिशत हिस्सा राज्य कोषमा

काठमाडौं– निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायमा आएको

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको