‘बाहुबली ३’ को सम्भावनाबारे अभिनेता प्रभासको खुलासा  « Khabarhub

‘बाहुबली ३’ को सम्भावनाबारे अभिनेता प्रभासको खुलासा 


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय सिनेमामा ‘बाहुबली’ फिल्म फ्रेन्चाइज एउटा यस्तो ऐतिहासिक अध्याय हो, जसले न केवल दर्शकको मन जित्यो, तर भारतीय फिल्म निर्माणको स्तरलाई नै नयाँ उचाइमा पुर्‍यायो।

 ‘बाहुबली : द बिगिनिङ’ ले रिलिजको दस वर्ष पूरा गर्दै गर्दा, फिल्मका मुख्य अभिनेता प्रभासले एक अन्तर्वार्तामा तेस्रो भागबारे चासो जगाउने खुलासा गरेका छन्।

भारतीय मिडिया पिंकभिल्ला का अनुसार राजीव मसन्दसँगको अन्तर्वार्तामा प्रभासले निर्देशक एस.एस. राजामौलीसँग बाहुबली ३ को कथा पहिले नै मनमा तयार रहेको उल्लेख गरेका थिए। उनका अनुसार, बाहुबली १ र २ मार्फत निर्देशकले आफ्नो सम्पूर्ण कल्पना प्रस्तुत गरेका थिएनन्। 

प्रभास भन्छन्, ‘राजामौली सरले मलाई जम्मा ६ स्क्रिप्ट दिएका थिए, तर उनले झन्डै १० देखि १४ स्क्रिप्ट बनाएका होलान्। हामीले केवल ६० प्रतिशत कथा मात्र पूरा गरेका थियौं’ प्रभासले भने।

चार वर्ष बढी समयसम्म बाहुबली फिल्मसँग आबद्ध भएका प्रभासले यस प्रोजेक्टलाई आफ्नो जीवनकै अविस्मरणीय अनुभव भनेका छन्। यसरी प्रभासले बाहुबली ३ को सम्भावनाबारे दिएको संकेतले दर्शकमा उत्सुकता जगाएको छ।

यसैबीच, निर्देशक एस.एस. राजामौली अहिले आफ्नो अर्को महत्त्वाकांक्षी प्रोजेक्टमा व्यस्त छन्। फिल्ममा महेश बाबु, प्रियंका चोपडा जोनास, पृथ्वीराज सुकुमारन र आर। माधवनजस्ता चर्चित कलाकारहरू मुख्य भूमिकामा देखिनेछन्। 

राजामौलीले यो प्रोजेक्ट पनि बाहुबलीकै जस्तो भव्य स्तरमा निर्माण गरिरहेका छन्, र हाल उनी अत्यन्त गोप्य रूपमा यसको छायांकन गराइरहेका छन् ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ३ : २१ बजे

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज– लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने