छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो र सडक मर्मत सुरू « Khabarhub

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो र सडक मर्मत सुरू


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्‍याएको कुलो तथा सडक लगायतकासंरचना मर्मत सुरुआत गरेको छ । 

बाढीले क्षतिग्रस्त स्थानमा त्यहाँका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायले बुधबार संयुक्त अनुगमन गरेका थिए । त्यसपछि आजदेखि त्यहाँ बाढीले क्षति पुर्‍याएको सिँचाइ कुलो तथा अवरुद्ध शाखा सडक खुलाउन लोमान्थाङ गाउँपालिका जुटेको हो ।

उपल्लो मुस्ताङको लोमान्थाङ–४ सम्जुङ गाउँमाथिको लेंकबाट बग्ने छुआमा खोलाबाट अचानक लेदोसहितको भीषण बाढी आएपछि त्यहाँको सडक तथा पुलपुलेसा र सिँचाइ कुलो ध्वस्त भएको थियो । गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले लोमान्थाङ –२ छोसेर र लोमान्थाङ–४ न्याम्डोक गाउँमा लेदोसहितको बाढीले किसानहरूका सिँचाइ कुलो ध्वस्त पारेको बताए । 

बाढीले सिँचाइ कुलो ध्वस्त पारेपछि त्यहाँका किसानहरू निकै ठूलो समस्यामा परेको अध्यक्ष गुरुङको भनाइ छ । बाढीले लोमान्थाङ रिङरोड सडकअन्तर्गत आर्का-भार्सा जोड्ने सडक अवरुद्ध भएको बताए।

लोमान्थाङ गाउँपालिकाले त्यहाँ पुर्यायको क्षतिको अनुगमन तथा मूल्यांकन सुरु गरिसकेको छ । त्यहाँ गाउँपालिकाले गर्नसक्ने जति सबै काम तत्काल सुरु गर्ने गरी दुई वटा डोजर परिचालन गरिसकेको अध्यक्ष गुरुङको भनाइ छ ।

उपल्लो मुस्ताङमा बर्सेनि एक बाली मात्रै खेतबारी गर्ने प्रचलन छ । त्यहाँ उवा, फापर, तोरी र गहुँलगायतका बर्खेबाली लगाउने गरिएको छ । बाढीले त्यहाँको सिँचाइ कुलो लगायतमा क्षति पुगेपछि त्यहाँका किसानहरू निकै ठूलो समस्यामा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले उल्लेख गरे।

त्यहाँ जतिसक्दो छिटोभन्दा छिटो बाढीले बिगारेको सिँचाइ कुलो मर्मत सम्भार गर्न र आर्का-भार्का जोड्ने सडक मर्मतका लागि दुई वटा डोजर फिल्डमा खटाइ सकेको उनले बताए।

‘गाउँपालिकाको आफ्नै एउटा डोजर छ, अर्को भाडामा लिएका छौँ’, प्रशासकीय अधिकृत केसीले भने, ‘ईन्धन जोहो गर्दैछौँ, केही दिनभित्रै त्यहाँको क्षतिग्रस्त सिँचाइ कुलो मर्मत कार्य सम्पन्न गर्ने गरी अघि बढेका छौँ ।’

गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट रहेको र सोही बजेट त्यहाँ खर्च गरिने उनले बताए। मंगलबार साँझको छुआमा खोलाको बाढीले सात पुलमा क्षति पुर्‍याएको थियो । 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ४ : ०१ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका