वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय हो : मुख्यमन्त्री सिंह « Khabarhub

वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय हो : मुख्यमन्त्री सिंह


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय भएको बताएका छन्।

राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ जनकपुरधामद्वारा आज लालगढ़मा आयोजित प्रदेशस्तरीय स्रोत परिचालन समिति तथा प्रदेश समन्वय समितिको संयुक्त बैठक उद्‌घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय खोलाको सतह बढ्दै जानु खतरापूर्ण रहेको बताए । 

मौसमको प्रतिकूलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढ्ने खतरा रहेको बताउँदै उनले चुरे संरक्षणमा तीनै तहका सरकारको साझा प्रयासको आवश्यकता औँल्याए । चुरेको मरुभूमिकरण रोक्न नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले वातावरणमैत्री उत्खननबाट प्राप्त नदीजन्य पदार्थ बिक्री गरी आम्दानी वृद्धि गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए।

सङ्घीयता कार्यान्वयन पश्चात मधेश प्रदेशमा आर्थिक वर्ष २०८१-८२ मा सबभन्दा बढी ७१.४८ प्रतिशत बजेट खर्च भएकोमा खुसी व्यक्त गर्दै उनले सो उपलब्धिका लागि प्रदेश सरकार मातहतका कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद दिए ।
 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ४ : १९ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका