आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐनको परिमार्जन गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन « Khabarhub

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐनको परिमार्जन गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकूल परिमार्जन गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले उक्त ऐनमा नुनको सहज र सरल आपूर्ति सम्बन्धमा सबै पक्षहरू नसमेटिएको भन्दै समयानुकूल परिमार्जन गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

मुलुकमा आयोडिनयुक्त नुनको आपूर्ति विक्री वितरण प्रणालीमा हाल कुनै पनि समस्या नभएको सन्दर्भमा निरन्तर सहज सर्वसुलभ र गुणस्तरीय आयोडिनयुक्त नुन आपूर्तिको सुनिश्चितता गर्न समेत बैठकले निर्देशन दिएको छ ।

बैठकले नुनको कारोबारमा निजी क्षेत्र एवं अन्य निकायहरूलाई खुला गर्दा नुनको आपूर्ति गुणस्तरीयता, मूल्य तथा दुर्गम क्षेत्रका नागरिकहरूका लागि नुनको आपूर्तिमा पर्न सक्ने असरको सम्बन्धमा विस्तृत अध्ययन गर्न समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, उद्योग मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिए । 

बैठकमा उद्योगमन्त्री दामोदर भण्डारीले आयोडिनयुक्त नुनको सहज रूपमा बिक्री वितरणमा कुनै कमी हुन नदिने बताए । देशका दुर्गम स्थानमा सहुलियत रूपमा नुनको बिक्री वितरण भइरहेको उनले बताए । 

उनले सहुलियत रूपमा उपलब्ध गराउँदै आएको नुनको कालोबजारी नहोस् भन्न मन्त्रालय सहज रहेको जिकिर गरे।

उद्योग मन्त्रालयले गर्दै आएको आयोडिनयुक्त नुनको आपूर्ति ढुवानी तथा बिक्री वितरणको जिम्मेवारी ऐनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी रहने गरी व्यवस्था गरेको छ । 

तर ऐनको थप परिमार्जन नहुँदा सम्म नुनको आपूर्ति ढुवानी तथा बिक्री वितरण सम्बन्धी व्यवस्था साबिक बमोजिम नै हुने गरी आवश्यक व्यवस्था गर्न समितिले उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ४ : ५० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न