आगलागीमा परेर एक महिलाको मृत्यु « Khabarhub

आगलागीमा परेर एक महिलाको मृत्यु


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दिउँसो तामाङको कोठामा आगलागी भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली आगो निभाउन खटिएको थियो । तामाङ कोठामै मृत भेटिएकी हुन् । आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् । 

आगलागीको कारण भने खुल्न सकेको छैन  । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ६ : ०८ बजे

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी