देशलाई उपाधि दिलाएका क्रिकेटर सुशील आर्थिक अभावसँग जुध्दै, सहयोगका लागि हारगुहार « Khabarhub

देशलाई उपाधि दिलाएका क्रिकेटर सुशील आर्थिक अभावसँग जुध्दै, सहयोगका लागि हारगुहार


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– हालै मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन अहम् भूमिका खेलेका युवा खेलाडी सुशील रावल अहिले आर्थिक अभावसँग सङ्घर्ष गरिरहेका छन्। 

देशको नाम उच्च बनाएको भन्दै यी खेलाडीलाई अहिले धमाधम सम्मानित गरिँदैछ छ । तर उनले  अहिले सम्मानस्वरूप खादा र प्रमाणपत्र भन्दा आर्थिक सहयोगको खाँचो रहेको बताएका छन्।

बझाङबाट छनोट भएर उमेर समूहको राष्ट्रिय टोलीमा सहभागी भएका सुशीलको बसोबास कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको छ। त्यहीँ बसेर उनी क्रिकेट करिअर अघि बढाउन सङ्घर्ष गरिरहेका छन्। 

‘स्वागत र सम्मानमा मलाई प्रमाणपत्र र माला होइन, अहिले आर्थिक सहयोग चाहिएको छु,’ उनले भनेका छन्। 

सुशील काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएर शुक्रबार दिउँसो २ बजे धनगढी फर्किँदैछन्। तर उनको चिन्ता घर फर्किने यात्रा मात्र नभई भविष्यको करियरसँग जोडिएको छ। केही महिनामै यु-१९ राष्ट्रिय टोलीको छनोट हुँदैछ । त्यसको तयारी गर्न भारत जानुपर्ने भएको छ। त्यसका लागि करिब १ लाख रुपैयाँ खर्च लाग्ने उनले बताएका छन्। जुन उनीसँग छैन ।

‘आर्थिक अवस्था कमजोर छ भन्दा मलाई लाज छैन, ‘उनी भन्छन्, ‘तर अब सहयोगबिना यो यात्रा सम्भव छैन। त्यसैले मलाई खादा र माला होइन, आर्थिक सहयोग दिनुहोला।’

नेपालको क्रिकेटमा सम्भावनाशील युवा प्रतिभाका रूपमा उदाएका सुशीलको सपना राष्ट्रिय टोली हुँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने हो। त्यसका लागि अब सबैको साथ, सहयोग र सद्भाव आवश्यक रहेको उनले आग्रह गरेका छन्।

‘सुरुवात भएको छ।  मलाई सफल बनाउने पालो तपाईंहरुको,’  सुशीलले भावुक हुँदै अपिलमा भनेका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ०६ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र