‘४० काटेपछि रमाउने कुरा नगर्नू, २० मा बिहे गरेर ३० मा तीन सन्तान जन्माइसक्नू’ | Khabarhub Khabarhub

‘४० काटेपछि रमाउने कुरा नगर्नू, २० मा बिहे गरेर ३० मा तीन सन्तान जन्माइसक्नू’


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष पुग्नासाथ बिहे गर्न र ३० वर्षभित्र तीनवटा सन्तान जन्माउन युवाहरुलाई सुझाव दिएका छन् ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘२० वर्षपछि बिहे गर्ने उमेर खोल्दिया छ सरकारले…. सकेसम्म २० वर्षपछि तुरुन्तै बिहे गरिहाल । छोराछोरी तीनवटा बनाऊ । ३० वर्षभित्र छिटोछिटो तीवटा छोराछोरी बनाऊ अनि काममा लाग ।’

चाँडै सन्तान जन्माउँदा हुने फाइदाबारे बताउँदै प्रधानमन्त्रीले अगाडि भने, ‘ठूलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म । कान्छी छोरी हुँदासम्म त जेठी छोरी हुर्किसकेकी हुन्छे ।’

उनले थपे ‘हाम्रा युवाहरु के गीत गाउँछन् भने चालीस कटेसी रमाउँला ! अनि ४० कटेपछि रमाएर… महिलाहरुको प्रजनन उमेर ४० कटेपछि अत्यन्तै न्यून हुन्छ । प्रायः हुँदैन । अनि ४० कटेसी समाउँला भनेर हुन्छ ? त्यसकारण २० पछि बिहे गर, सन्तान जन्माऊ, यसमा प्रेरित गर्नुपर्छ युवाहरुलाई ।’

बच्चा जन्माएपछि स्कुल पठाएर बा–आमा काममा जान सकिने सुविधा रहेको सम्झाउँदै प्रधानमन्त्री ओलीले भने, ‘आजकल के छ भने बाबुआमाले पैसा कमाउन थालेपछि …। मैले युथहरुलाई भनेको थिएँ, स्कुल त कोक्रामा सुताउने स्कुल छन् त आजकल । स्कुल हाल्दिने । कोक्रामा सुताउने स्कुल, बामे सराउने स्कुल, आल्टाउने पल्टाउने स्कुल धुलो खेलाउने स्कुल, सबैखाले स्कुल छन् । प्याँ प्याँ बजाउने देखिका स्कुल छँदै छन् नि हेरविचार गर्नलाई । त्यतापट्टि पनि धेरै चिन्ता गर्नुपर्दैन । विभिन्न व्यवसायिक विविधताले पनि सजिलो बनाएको छ हामीलाई ।’

तराईमा २० वर्ष कटेका अविवाहित छोरीहरु जोगाउन मुस्किल रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो तराईमा कल्चरल्ली पनि २० वर्षसम्म छोरी टिकाउनु भनेको साह्रै गाह्रो कुरा भैराखेको छ, अविवाहित हिसाबले टिकाउन ।’
प्रधानमन्त्रीले अगाडि भने, ‘हामीलाई उत्तराधिकारी चाहिन्छ । हरेक अफिसमा उत्तराधिकारी चाहिन्छ । एउटा सचिव जानेवित्तिकै अर्को सचिव तुरुन्त नियुक्त गर्नुपर्छ । अनि… उत्तराधिकारीचाहिँ हरेक ठाउँमा चाहिने, घरैमा उत्तराधिकारी छैन ! त्यसोभएर पहिलो कुरा त मानवीय अस्थित्व र सृष्टिको सार्थकता लागि । यो सानो कुरा हैन है । जानसांख्यिक विषय यसकारणले महत्वपूर्ण हो ।’

चाँडै बिहे गरेर बच्चा जन्माउनुपर्छ भन्ने आफ्नो भनाइलाई मजाकमा नउडाउन आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘मान्छेहरुले हाहु गरेर हाँसो मजाकमा उडाउँछन्, त्यो बेग्लै कुरा हो तर यो सिरियस कुरा हो । जतिबेला प्रजनन क्षमता बढी छ, त्यतिबेला जन्माउनुपर्छ, हुर्काउनुपर्छ । अनि पछि ढुक्कले काम पनि गर्न पाइन्छ । केटाकेटी पनि हुर्किहाल्छन् । पढ्छन् ओर्छन्, आफ्नो काममा लाग्छन् । छोराछोरीको उन्नति प्रगति पनि देख्न पाइन्छ । नाति नातिना खेलाउने रहर पनि पूरा गर्न पाइन्छ । पनाति पनातिनी खेलाउने रहर पु¥याउन पाइन्छ । ६०÷७० भन्दा मुनिका मान्छेलाई नाति नातिना खेलाउने रहर भनेको के हो, थाहा हुँदैन क्या !’

प्रधानमन्त्री ओलीले आफ्नै व्यक्तिगत विषयमा पनि चर्चा गर्दै भने, ‘मेरा पनि छोराछोरी छैनन् । शायद मैले समयमै बिहे नगरेर पनि होला । तर, मैले छोराछोरी भएनन् भनेर जँचाउने ओर्ने यताउति गरिँन । किन भएन, त्यो थाहा पनि पाइँन । कहिल्यै जँचाइएन पनि ।’

३० वर्षभित्र तीन सन्तान जन्माउन आग्रह गरेका प्रधानमन्त्री ओलीले नेपालमा देशलाई पुग्ने जनसंख्या रहेको बताए । उनले भने, ‘हाम्रो जनसंख्या देशलाई पुग्ने हुनुप¥यो । हामीकहाँ देशलाई पुग्ने जनसंख्या छ । तर, जनसंख्याको म्यानेजमेन्ट अझै हुन सकेको छैन ।’

सन्तानले डाँडाकाँडा ढाकुन् नभन भनेर जनचेतना फैल्याउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति आएकोतर्फ चिन्ता जनाए । ‘विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्छ’, उनले भने ।

विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह उनले आग्रह गरे ।

विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने उनले बताए ।

‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्छ’, ओलीले भने, ‘सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड । जनसङ्ख्याबारे गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन ।’

प्रधानमन्त्री ओलीले तीन सन्तान जन्माउन भने पनि सरकारले लिएको नीतिमा दुई सन्तानलाई मात्रै राज्यले सुविधा दिँदै आएको छ । जस्तो सरकारी कर्मचारीहरुले दुईवटा सन्तानको जन्मका लागि मात्रै विदा लगायतका सुविधाहरु पाउने गरेका छन् ।

*अपडेट गरिएको

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : ५० बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका