मौद्रिक नीतिको विशेषता : शेयर कारोबारीदेखि घरकर्जा लिनेसम्मलाई राहत | Khabarhub Khabarhub

मौद्रिक नीतिको विशेषता : शेयर कारोबारीदेखि घरकर्जा लिनेसम्मलाई राहत


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेका छन् । 

गभर्नर पौडेलले ल्याएको पहिलो मौद्रिक नीतिले शेयर कारोबार गर्नेदेखि घरकर्जा लिनेसम्मलाई राहत दिने प्रयत्न गरेको छ । साथै, बैंकदरदेखि ब्याजरको सीमामा भएको हेरफेरले समग्र निक्षेपदेखि कर्जाको ब्याजदर घट्ने समेत विश्लेषकहरूले अनुमान गरेका छन् ।

के छन् मौद्रिक नीतिका मुख्य विशेषता ?

१. ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याजदर करिडरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरिएको छ । नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ ।

२. निजी आवासीय घर निर्माणरखरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा दुई करोडबाट बढाई तीन करोड कायम गरिने । पहिलो घर निर्माणरखरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइने ।

३. चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकताअनुसार परिमार्जन गरिनेछ ।

४. बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैँले मूल्याङ्कन गरी १० लाखसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने ।

५. बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड बनाइनेछ ।

६. यस बैंकबाट इजाजतपत्र प्राप्त “ख” वर्गका विकास बैंक र “ग” वर्गका वित्त कम्पनीहरूमा विगत लामो समयदेखि वासेल २ र ३ अनुसारका न्यूनतम पुँजी पर्याप्तता अनुपातलगायत विभिन्न नियामकीय मापदण्डहरू कार्यान्वयनमा रहेको सन्दर्भमा “ग” वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूले प्राथमिक पुँजीको १५ गुणासम्म निक्षेप परिचालन गर्न सक्ने सीमा हटाइने ।

७. बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सकार गरेको दुई वर्षसम्म उक्त सम्पत्तिबापत सिर्जना भएको रेगुलेटरी रिजर्भको रकमलाई पूरक पँुजीमा गणना गर्न सकिने व्यवस्था गरिनेछ ।

साथै, मौद्रिक नीतिले हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रका उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न, जाजरकोट, रुकुमका भूकम्प प्रभावित क्षेत्रमा रहेका व्यावसायिक कर्जा तथा उक्त क्षेत्रमा बसोबास गरेका व्यक्तिहरूले लिएको कर्जाको पुर्नतालिकीकरण र पुर्नसंरचना गर्ने नीति लिएको छ । 

स्वीकृति लिएर बैंकहरूले पुँजी वृद्धि गर्न सक्ने व्यवस्था गरेको छ भने लघुवित्त संस्थाको लाभांश वितरण, विपन्न कर्जाको सीमा लगायतका विषयमा पुनरावलोकन गर्ने विषय मौद्रिक नीतिमा उल्लेख छ । 

त्यस्तै, अहिलेसम्म विदेश जाने नेपालीले २५ सय अमेरिकी डलर सम्म विदेशी मुद्राको सटही सुविधा पाउने गरेकोमा अब त्यसलाई बढाएर नयाँ नीतिमार्फत् तीन हजार पुर्याइएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ११ बजे

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा