काठमाडौं- नेपाली कांग्रेस नवलपरासी (पश्चिम)ले केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई पार्टीबाट निस्कासन गरेको छ । जिल्ला अनुशासन समितिले बिहीबार उनलाई पाँच वर्षका लागि निस्कासन गरिएको पत्र हुलाकमार्फत् पठाएको छ ।
यद्यपि, केन्द्रीय सदस्य कँडेललाई स्थानीय तह निर्वाचन–०७९ को अघिल्लो दिन नै समितिले कारबाही गरेको थियो ।
केन्द्रीय अनुशासन समितिले बहुमतका आधारमा अनुशासनको कारबाही गरेको भन्दै पार्टीमा किचलो भइरहेका बेला जिल्लाले कँडेलमाथिको कारबाही सार्वजनिक गरेको हो ।
जिल्ला सचिव कुलदिप आचार्यले कँडेललाई ०७९ वैशाख २९ गते नै अनुशासनको कारबाही गरेको बताए ।
स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठेका ‘बागी’लाई सहयोग गर्न वक्तव्य जारी गरेको फेला परेपछि कँडेल कारबाहीमा परेका उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आएकाले तत्कालीन समयमा उक्त कारबाहीलाई ‘होल्ड’ गरिएको सचिव आचार्यले बताए ।
‘त्यो बेला निर्वाचन आयो । पछि गरौँला भनेर होल्ड गरेका थियौँ,’ उनले खबरहबसँग भने, ‘हिजो त्यो होल्डिङलाई अनाउन्स गरेका हौँ । हुलाकमार्फत् हामीले उहाँलाई पत्र पठाइसकेका छौँ ।’
यसअघि गत निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै केन्द्रीय अनुशासन समितिले १८ जनामाथि अनुशासनको कारबाही गरेपछि कांग्रेसमा किचलो उत्पन्न भएको छ ।
केन्द्रबाट गरिएको अनुशासनको कारबाहीलाई डा. शेखर कोइरालाले समूहले प्रतिशोधपूर्ण भएको निष्कर्ष निकालेको छ । को
इरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहीबार बिहान बसेको भेलाले अनुशासन समितिले गरेको कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय नै गरेको थियो ।







प्रतिक्रिया