कारबाहीको तयारीबीच माधव रामकुमारी एकै मञ्चमा (तस्बिरहरू) « Khabarhub

कारबाहीको तयारीबीच माधव रामकुमारी एकै मञ्चमा (तस्बिरहरू)


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी अध्यक्ष माधवकुमार नेपालको बारेमा खरो बोलेर चर्चामा आएकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ उनीसँग एकै मञ्चमा देखा परेकी छन् ।

शुक्रबार कीर्तिपुरमा आयोजित समाजवादी अखिलको बैठकमा प्रमुख अतिथि अध्यक्ष नेपाल थिए ।  यो कार्यक्रममा रामकुमारी पनि सहभागी भएकी हुन् । उनी यो संगठनकी इन्चार्जसमेत हुन् ।

पतञ्जलि योगपीठको जग्गा घोटालामा मुद्दा लागेपछि झाँक्रीले आफ्ना अध्यक्ष नेपालविरुद्ध यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिएकी थिइन्। उनले पार्टीमा ‘ठूलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’भनेकी थिइन्।

यसमा पार्टीको अनुशासन आयोगले असार १७ गते झाँक्रीलाई ३ दिनभित्र स्पष्टीकरण दिन भनेकामा नदिएपछि असार २४ गते ७ दिन म्याद थपिदिएको छ।

तस्बिरहरू:

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : २४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच