ट्रम्पविरुद्ध प्यालेस्टिनी विद्यार्थी महमुद खलीलद्वारा २० मिलियन डलर क्षतिपूर्तिको मुद्दा दायर « Khabarhub

ट्रम्पविरुद्ध प्यालेस्टिनी विद्यार्थी महमुद खलीलद्वारा २० मिलियन डलर क्षतिपूर्तिको मुद्दा दायर


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टाइनको पक्षमा अमेरिकी विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने विद्यार्थी नेता महमूद खलीलले अध्यागमन अधिकारीहरूले गरेको गिरफ्तारी र थुनामा राखेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वप्रशासन विरुद्ध २० मिलियन डलरको मुद्दा दायर गरेका छन् ।

एएफपी समाचार एजेन्सीका अनुसार संवैधानिक अधिकार केन्द्रले महमूद खलीललाई कानुनी सहयोग प्रदान गरिरहेको छ । मुद्दामा ट्रम्प प्रशासनले महमूद खलीललाई डर देखाउन गैरकानूनी योजनामा पक्राउ गर्ने, हिरासतमा राख्ने र देश निकाला गर्ने प्रयास गरेको उल्लेख छ ।

निवेदनमा घटनाका कारण खलीलले गम्भीर मानसिक आघात, आर्थिक क्षति र प्रतिष्ठामा क्षति पु¥याएको उल्लेख गरिएको छ । महमूद खलीलले यो मुद्दालाई जवाफदेहितातर्फको पहिलो कदमको रूपमा वर्णन गरेका छन् ।

उनले आफ्नो बयानमा भनेका छन्, ‘मेरो जीवनका ती १०४ दिन कहिल्यै फर्केर आउन सक्दैनन्, मैले भोग्नु परेको आघात, मेरी श्रीमतीबाट बिछोड र मेरो पहिलो सन्तानको जन्मको क्षण जसको म हिस्सा बन्न सकिनँ, ती सबै अपूरणीय छन् ।’

उनले राजनीतिक प्रतिशोध र शक्तिको दुरुपयोगको जवाफदेहिता हुनुपर्ने बताए ।

महमूद खलीलले पहिले नजरबन्दको समयमा आफूले भोगेका पीडादायी अवस्थाहरूको बारेमा बोलेका छन्, उनले भनेका छन्, ‘म ७० जनाभन्दा बढी मानिसहरू भएको साँघुरो ठाउँमा बसिरहेको थिएँ, जहाँ कुनै गोपनियता थिएन, र बत्तीहरू कहिल्यै निभ्दैनथे ।’

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : ५७ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा