‘दान्भी’ का निर्देशक रुपेशले घोषणा गरे फिल्म ‘एक्का तीन’ « Khabarhub

‘दान्भी’ का निर्देशक रुपेशले घोषणा गरे फिल्म ‘एक्का तीन’


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङले नयाँ प्रोजेक्टको थालनी गरेका छन् । उनले शुक्रबार फिल्म ‘एक्का तीन’ निर्माणको घोषणा गरेका हुन् ।

रुपेशले एक थिम पोस्टर सार्वजनिक गरी नयाँ प्रोजेक्ट सुरुवात गरेको जानकारी दिएका हुन् । पोस्टरमा एक महिला र दुई पुरुष छन् । उनीहरुको अनुहार स्पष्ट देखिएको छैन ।

पोस्टरको पृष्ठभूमिमा उडिरहेको हेलिकोप्टर देख्न सकिन्छ । पृष्ठभूमिमा भएको धुवाँको मुस्लोले बिस्फोटको संकेत गर्छ ।

पोस्टरले संकेत गरेको अनुसार नै फिल्म एक्सन जनरामा बन्न लागेको निर्माण पक्षले जनाएको छ ।

यस फिल्मको नायिकामा नायिका पूजा शर्मा फाइनल भइसकेको निर्देशक रुपेशले जानकारी दिएका छन् । अन्य कलकार भने चयन हुन बाँकी रहेको उनले बताए ।

पोस्टरमा यो फिल्म सन् २०२६ भित्रै प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।

यो फिल्मको लेखक सुमन गजमेर रहेको बताइएको छ । जुना फिल्मको प्रस्तुतिमा यो फिल्म बन्न लागेको हो । फिल्मको छायाङ्कन चाँडै सुरु हुने रुपेशले बताए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : ४२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का