टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष समाप्त गरेको दुई महिनापछि हतियार बिसाउँदै कुर्दिश विद्रोही « Khabarhub

टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष समाप्त गरेको दुई महिनापछि हतियार बिसाउँदै कुर्दिश विद्रोही


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेका कुर्दिश विद्रोहीले निशस्त्रीकरण समारोहबीच आफ्ना हतियार बिसाउने भएका छन् ।

कुर्दिश विद्रोहीहरूले टर्की राज्य विरुद्ध दशकौं लामो सशस्त्र सङ्घर्ष समाप्त गरेको दुई महिनापछि इराकी कुर्दिस्तानमा एक समारोहका बीच पीकेके लडाकुहरूले हतियार बिसाउन सुरु गर्नेछन् ।

यो समारोहले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को सशस्त्र विद्रोहबाट लोकतान्त्रिक राजनीतिमा सङ्क्रमणको एउटा महत्वपूर्ण मोड सुरु हुने भएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् १९७० को दशकको अन्त्यतिर अब्दुल्लाह ओकालानद्वारा स्थापित पीकेकेले सन् १९८४ मा हतियार उठाएको थियो । जसले टर्कीको भूमिमा रक्तपातपूर्ण आक्रमणहरूको शृङ्खला सुरु गर्‍यो । यो द्वन्द्वले ४० हजारभन्दा बढीको ज्यान लिएको थियो ।

चार दशकपछि पीकेकेले ‘मे’ महिनामा आफ्नो विघटनको घोषणा गरेको थियो । उसले भनेको थियो– यो सशस्त्र सङ्घर्षको समाप्तिले सन् १९९९ देखि टर्कीमा आजीवन कारावासको सजाय भोगिरहेका ओकालानको ऐतिहासिक आह्वान अनुरूप कुर्दिश अल्पसङ्ख्यकको अधिकारको रक्षा गर्ने साथै लोकतान्त्रिक सङ्घर्षलाई अगाडि बढाउनेछ ।

यो समारोह उत्तरपूर्वी इराकी शहर सुलेमानियाह नजिकैको एक अज्ञात स्थानमा हुने बताइएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : २१ बजे

माङसेबुङमा ६ विद्यालयको नयाँ भवन निर्माण

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२–८३ मा ६ विद्यालयको

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान