हेडलाइन…
६१ लाख पारिश्रमिकको विवादले तनावमा ‘माग्ने बूढा’
दशैँपछि मेकरहरुको नजरमा रिलिज डेट फागुन १, ४ फिल्मले तोके प्रदर्शन मिति ।
चलचित्र विकास बोर्डको २५ हिट फिल्मको सूचीमा ‘लुट’ नपर्नुको कारण यस्तो
दुर्गेशको नयाँ गीत ‘जाने भए जाम माया’लाई युट्युबमा रेकर्ड ब्रेक भ्युज
पूरा भिडियो :
६१ लाख हल्लामा ‘माग्ने बूढा’को संलग्नता ?
कालकार केदार घिमिरे ‘माग्ने बूढा’ले आफूले फिल्म ‘माग्ने राजा’का लागि ६१ लाख पारिश्रमिक बुझेको झुटो भएको खुलासा गरेका छन् । दुई साताको चर्चापछि उनले उक्त कुरा झुटो भएको खुलाएका हुन् ।
गत असार ६ गते निर्माता मुनाल घिमिरेले केदारले उक्त रकम बराबरको पारिश्रमिक लिने गरी सम्झौता गरेको दाबी गरेका थिए । त्यस यताको १६ दिन केदार नेपाली फिल्मको महँगो कलाकारमा रुपमा हेरिए ।
कलमादीस्थित प्रज्ञा प्रतिष्ठानमा असार १ मा आयोजित पोस्टर सार्वजनिक कार्यक्रममा केदारको पारिश्रमिकको कुरा उठेको हो ।
पोस्टर सार्वजनिकको थिम अलि फरक थियो । पृष्ठभूमिको दरबार फेल्क्समा चित्रित थियो । माग्ने बूढा र उनी रहेको सिहासन वास्तविक थियो । यही कन्सेप्टमा पोस्टर सार्वजनिक भयो ।
सोहीकारण केदार क्यारेक्टरको गेटअपमा आएका थिए । क्यारेक्टरकै गेटअपमा सानो मनत्व्य दिएर केदार ड्रेस चेन्ज गर्न आफ्नो गाडी भएतिर लागे ।
त्यही क्रममा पत्रकारहरुले केदारको पारिश्रमिकबारे प्रश्न गरेका थिए । निर्माता मुनाल घिमिरेले प्रज्ञा प्रतिष्ठानलाई सरस्वतीको मन्दिर मानेर कसम खाँदै यस्तो भने, ‘५१ लाख दिइसेको छौं। बाँकी १० लाख दिन बाँकी छ ।’
त्यसपछि निर्देशक ऋषि लामिछाने हौसिएर ‘केदार १ करोड पारिश्रमिक पाउन योग्य’ कलाकार रहेको बताए ।
केदार ड्रेस चेन्ज गरेर आउँदा विषय करमा पुगेको थियो । सोही प्रश्न उनलाई सोधियो ।

उनले भने, ‘सबै पारिश्रमिक हात परेको छैन । पाएपछि कर तिर्छु ।’
कार्यक्रम पानी परेकाले छिटै सकियो । केदार गाडी चढेर गन्तव्यमा हुइकिए । अर्थात्, उनलाई मञ्चमा हुँदा ६० लाख पारिश्रमिकको बारे चर्चा भएको थाहै भएन ।
तर, उनी कार्यक्रमबाट निस्किएको केही समयमै ६० लाख पारिश्रमिकका बारेमा समाचारहरु बाहिरन थाले ।
पारिश्रमिकको विषयले केदारबारे नकारात्मक प्रतिक्रिया र टिप्पणी हुन थाले । यो रहन गाह्रो भएपछि केदार १६ दिनपछि पारिश्रमिक बारेको यथार्थ सार्वजनिक गरे ।
उनले भनेका छन्, ‘६० लाख पारिश्रमिक लिएको पुष्टि गर्नेलाई सोही रकम दिन्छु ।’
फिल्मको प्रचारका लागि निर्माता र निर्देशकलले आफ्नो पारिश्रमिकको फन्डा रचेको उनको स्पष्ट दाबी छ ।
पारिश्रमिकबारे नराम्रो कमेन्ट ओइरिन थालेपछि निर्माता र निर्देशकसँग ‘गलत प्रचार’को फन्डा उचित होइन भनेर कुरा राख्दा उनीहरुको जवाफबाट आफू चिन्तित रहेको केदार बताउँछन् ।
भन्छन्, ‘उहाँहरुले (निर्माता र निर्देशक)प्रचारको लागि हो चिन्ता नगर भन्नुभयो । उहाँहरुले मलाई भड्खालोमा हाल्न लाग्नुभयो ।’
अर्थात्, यो फन्डाले गर्दा केदारले अहिले यी निर्माता र निर्देशकसँग असुरक्षित महसुस गरेका छन् ।
अब प्रश्न उठ्छ– के ‘माग्ने राजा’ प्रचारका लागि पारिश्रमिकको झुटो फन्डा नै चलाउनै आवश्यक हो ? किन यो फिल्म प्रचारका लागि अरु कुनै सशक्त कन्टेन्ट छैनन् ?
अब यस्ता झुटा निर्माता र निर्देशकले ‘फिल्म राम्रो छ भनेर गरेको दाबी’ दर्शकले किन पत्याउने ? केलाई आधार मानेर दर्शक हलमा पुग्ने ?
यस्ता फन्डा फिल्मका लागि ब्याक फायर भए मात्रै राम्रो संस्कृति विकास हुन्छ । नत्र पाठक र दर्शक सधैं यसरी झुक्किरहनुपर्छ । यहीबाट मैले आम दर्शकलाई सचेत गराएँ ।
दुर्गेश : जसले तोडे रेकर्ड ?

मोडल तथा गायक दुर्गेश थापाले नयाँ गीत ‘जाने भए जाम माया’ले रेकर्ड ब्रेक भ्युज पाएको छ ।
यसले सार्वजनिक भएको सुरुवाती २४ घण्टामा १९ लाखभन्दा बढी भ्युज पाएको हो ।
यो नेपाली संगीतका लागि सामान्य भ्युज होइन । दुर्गेशले यसमार्फत गायिका विष्णु माझीको स्वर रहेको ‘आइनँ आमा यो तीजमा’ गीतले बनाएको रेकर्ड ब्रेक गरेका छन् ।
विष्णुमाझीको ‘आइनँ आमा यो तीजमा’ले २४ घण्टा १५ लाख भ्युज पार गर्दै थोरै समयमा धेरै हेरिएको गीत बनेको थियो ।
दुर्गेशले विष्णुमाझीको यो रकेर्ड पाँच लाखबढी भ्युजका साथ तोडेका हुन् ।
दुर्गेशको यो डान्सिङ गीत हो । गीतमा उनको स्वर कस्तो छ ? दर्शकै थाहै छ । गीतको बीचबीचमा डाइलग छ, ‘दुर्गेश नाम होइन ब्रान्ड हो ।’
यो डाइलग भारत फिल्मबाट आयतित हो । स्वर, सुरु, ताल जे जस्तो होस् । खुलम्खुला गीतमा भारतीय फिल्मको डाइलग हुबहु कपी गरेकै किन नहोस् । दिन बलेपछि चर्चामा आइने रहेछ । यसरी रकेर्ड ब्रेक पनि गरिदो रहेछ ।
विष्णुमाझीको रेकर्ड दुर्गेशले तोडे । भाष्य नै छ– भगवानले सबैलाई पालो दिन्छन् । अहिले दुर्गेशको पालो आएको छ ।
फागुन १ प्राइम डेट बन्यो : https://khabarhub.com/2025/09/817524/
‘लुट’ हिट फिल्मको सूचीमा नपर्नुको कारण : https://khabarhub.com/2025/07/816401/
गसिप

असोज ३ मै प्रदर्शनमा आउला त ‘सोल्टिनी’ ?
फिल्म ‘जारी २’ अहिले पोस्ट प्रोडक्सनमा छ । यसको छायाङ्कन सकिए लगत्तै कलाकारहरुले ‘दशैंमा भेटौंला’ भनेर स्ट्याटस राखेका थिए ।
अहिले यसको निर्माण टिम अहिले ‘जारी २’लाई असोज ३ मा प्रदर्शनमा आउने तयारीमा जुटेको गोप्य स्रोतबाट जानकारी मिलेको छ ।
‘जारी २’मा दयाहाङ राई, मिरुना मगर र विजय बराल शीर्ष भूमिकामा छन् । यो फिल्म ‘जारी’ सिक्वेल पनि हो । यसलाई राम्रो ओपनिङ गर्ने ल्याकत राख्ने फिल्मका रुपमा हेरिएको छ ।
अब यहाँ समस्या प्रकाश सपुत र नायिका परीक्षा लिम्बू स्टारर फिल्म ‘सोल्टीनी’लाई देखिन्छ । किनकी जारी असोज ३ मा प्रदर्शनमा आयो भने ‘सोल्टीनी’सँग बक्सअफिस भिडिन्त हुने देखिन्छ ।
‘जारी २’ असोज ३ मै आउला ग्यारेन्टी छैन । किनकी औपचारिक प्रदर्शन मिति घोषणा भएका कति फिल्म त त्यही दिन हलमा लाग्दैनन् ।
यदि असोज ३ मै जारी प्रदर्शनमा आएको अवस्थामा ‘सोल्टीनी’ चाहिँ पूर्व निर्धारित मितिमै असोज ३ बाट नभाग्ला भन्न सकिन्नँ ।
प्रतिक्रिया