संयुक्त राष्ट्रसंघको खुलासा : गाजामा खाना खोज्दै गर्दा ७९८ प्यालेस्टिनीको मृत्यु « Khabarhub

संयुक्त राष्ट्रसंघको खुलासा : गाजामा खाना खोज्दै गर्दा ७९८ प्यालेस्टिनीको मृत्यु


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मे महिनादेखि गाजामा खाना खोज्दै गर्दा ७९८ प्यालेस्टिनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघले खुलासा गरेको छ ।

संयुक्त राष्ट्रसंघले मे महिनादेखि गाजामा इजरायली सेनाद्वारा खाना खोजिरहेका ७९८ प्यालेस्टिनीहरूको हत्या गरेको खुलासा गरेको हो ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय (ओएचसीएचआचर) ले मे महिनाको अन्त्यदेखि गाजामा खाना प्राप्त गर्ने प्रयास गर्दा कम्तिमा ७९८ प्यालेस्टिनीहरूको मृत्यु भएको खुलासा गरेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार तीमध्ये धेरै जसोलाई सहायता केन्द्रहरू नजिक (सहायता काफिला) मा इजरायली सेनाले निशाना बनाएको थियो ।

‘जुलाई ७ सम्म हामीसँग ७९८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये ६१५ जना गाजा मानवीय फाउन्डेसन स्थलहरू नजिकै मारिएका थिए, जबकि १८३ जनालाई सहायता काफिला मार्गहरूमा लक्षित गरिएको हुन सक्छ,’ ओएचसीएचआरका प्रवक्ता रविना शामदा–सानीले जेनेभामा पत्रकारहरूलाई बताइन् ।

इजरायली आक्रमणमा थप १२ प्यालेस्टिनीको मृत्यु

यसैबीच, अल जजीरा अरबीसँग कुरा गर्दै, एक चिकित्सा स्रोतले रफाह शहरको उत्तरपश्चिममा रहेको एक सहायता केन्द्र नजिकै गोली चल्दा कम्तीमा १० प्यालेस्टिनीको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ ।

नासेर अस्पतालको एक स्रोतले खान युनिस शहरको उत्तरपश्चिममा रहेको अल–सतार क्षेत्रमा इजरायली गोलाबारीका कारण थप दुई जनाको मृत्यु भएको जनाएको छ ।

प्यालेस्टिनी नरसंहार रोक्न आसियानका विदेश मन्त्रीहरूको आह्वान

अर्कोतर्फ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) ले मलेसियाको राजधानी क्वालालम्पुरमा भएको १५ औं पूर्वी एसियाली विदेशमन्त्रीहरूको शिखर सम्मेलनमा प्यालेस्टिनीहरूको नरसंहार अन्त्य गर्न आह्वान गरेको छ ।

मलेसियाली विदेश मन्त्रालयको वेबसाइटमा जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार ब्लकको प्रतिनिधित्व गर्दै मलेसियाली विदेशमन्त्री मुहम्मद हसनले प्यालेस्टिनी क्षेत्रहरूको अन्यायपूर्ण र अवैध कब्जामा जरा गाडेको आधुनिक इतिहासको सबैभन्दा लामो द्वन्द्व अब अन्त्य हुनुपर्ने बताए ।

उनले थपे, ‘इजरायलले विगत ८० वर्षदेखि पाएको उन्मुक्तिले यसलाई यति निडर बनाएको छ कि यसले खुलेआम नरसंहार गरिरहेको छ, जसमा नवजात शिशु र साना बच्चाहरूलाई भोकै राख्ने जस्ता रणनीतिहरू छन् ।’

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ४ : ५५ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि