त्रिभुवन विमानस्थलका कर्मचारीले यात्रुसँग झर्किन र रुखो बोल्न नपाउने | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलका कर्मचारीले यात्रुसँग झर्किन र रुखो बोल्न नपाउने


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्नेहरूमाथि हुने गरेको रुखो बोली र व्यवहार अब नदोहोरिने भएको छ ।

कर्मचारीहरूले यात्रुलाई दुर्व्यवहार गरेको गुनासो आइरहेको अवस्थामा त्रिभुवन विमानस्थल प्रशासनले कडा नियम ल्याएको हो । 

शुक्रबार सार्वजनिक गरिएको नैतिक आचारसंहिता अनुसार नेपाल आउने यात्रुलाई कर्मचारीले वेलकम इन नेपाल ! ह्याब अ नाइस डे ! भन्नुपर्ने भएको छ।

उता नेपाल बाहिर जानेलाई कर्मचारीले,– ह्याभ अ नाइस जर्नी भन्नुपर्ने भएको छ। यति मात्रै होइन, आत्मीयता देखाउनुका साथै रुखो बचन पनि बोल्न नहुने आचारसंहितामा उल्लेख छ । 

त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले सार्वजनिक गरेको आचारसंहिता अनुसार यात्रुले सेवासुविधा अनुसार उत्कृष्ट, सन्तोषजनक र औसत तीन खालका सर्तकव सर्भेमा सहभागी हुनुपर्ने भएको छ । 

कोइरालाले राखेको सर्भे सूचीमा  विमानस्थलको सेवालाई खराब र नराम्रो भन्ने विकल्प भने यात्रुलाई दिइएको छैन ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ०१ बजे

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने