नक्कली पेस्तोल देखाउँदै लुटेको आरोपमा चार जना पक्राउ « Khabarhub

नक्कली पेस्तोल देखाउँदै लुटेको आरोपमा चार जना पक्राउ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी डलर साटी दिन्छु भनी नक्कली पेस्तोल देखाउँदै मुख थुनेर सात लाख लुटेको आरोपमा चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नपा ३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नपा १ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, सोही गाउँ घर भई बोडे बस्ने २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्य बहादुर पाइन, सोही ठाउँ घर भई बोडेनै बस्ने ३६ वर्षीय सागर भन्ने सन्तवीर पाइन र सोही गाउँ घर भई ललितपुर महानगरपालिका १६ धापाखेल बस्ने ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन् 

पीडितलाई  मोबाइलबाट सम्पर्क गरी आफूसँग ६ हजार अमेरिकन डलर छ, तपाई ७ लाख नेपाली रकम दिनु भनेर असार २२ गते भक्तपुर चाँगुनारायणस्थित एकान्त जङ्गलमा लगी ६ जनाको समूहले पीडितलाई मुख थुनी नक्कली पेस्तोल देखाई आईफोन मोबाइल र नगद सात लाख रुपियाँ लुटपाट गरी फरार रहेको आरोपमा  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए । 

प्रहरीले उनीहरूका साथबाट बा ७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नं. पल्सर मोटरसाइकल, ७२ हजार रुपियाँको चेक, नगद ६४ हजार ४० रुपैयाँ, बैक जम्मा गरेको रसिद र विभिन्न कम्पनीका १० वटा मोबाइल बरामद गरेको  जनाएको छ । 

उनीहरूलाई थप अनुसन्धान गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ६ : ५९ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको