मानवीय सहायता वितरणका क्रममा गाजामा सयौँको मृत्यु : राष्ट्रसंघ « Khabarhub

मानवीय सहायता वितरणका क्रममा गाजामा सयौँको मृत्यु : राष्ट्रसंघ


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जिनेभा– संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । 

तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रनजिकै भएको बताइएको छ ।

एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि गाजामा सेवा प्रदान गर्न थालेको हो । इजरायलले सोभन्दा अगाडि दुई महिनासम्म गाजामा खाद्य तथा अन्य सामग्रीको आपूर्ति रोकिदिएको थियो, जसका कारण गम्भीर भोकमरीको खतरा देखिएको थियो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले जिनेभामा पत्रकारहरूसँगको कुराकानीमा बताइन् ‘मे २७ देखि जुलाई ७ सम्मको अवधिमा हामीले गाजा मानव सहायता प्रतिष्ठानका केन्द्रहरूसँग नजिकै ६१५ जनाको मृत्यु भएको अभिलेख गरेका छौँ ।’

 ‘अझ १८३ जनाको मृत्यु सम्भवतः सहायता सामग्री लादिएका सवारीहरूको मार्गमा भएको अनुमान गरिएको छ । यसरी कुल झण्डै ८०० जना नागरिकहरू सहयोग लिन खोज्दा ज्यान गुमाउन बाध्य भएका छन्,’ शमदासानीले बताइन् ।

गाजा मानव सहायता प्रतिष्ठानको कामका क्रममा गाजा क्षेत्रमा संयुक्त राष्ट्रसंघको व्यापक सहायता वितरण प्रणाली लगभग निष्क्रिय भएको छ । सहायता लिन लामबद्ध भएका मानिसहरूमाथि प्रायःजसो इजरायली सुरक्षाकर्मीहरूले गोली चलाएको घटनाहरू देखिँदै आएका छन् ।

प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति मार्फत हालसम्म ‘छ करोड ९० लाखभन्दा बढी भोजन सामग्री वितरण गरिएको’ उल्लेख गरेको थियो । तर उसले आफ्ना वितरण केन्द्रहरूसँगै नजिक मृत्यु हुने घटनाहरू भएको कुरा अस्वीकार गर्दै आएको छ । रासस
 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : २९ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न