रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी | Khabarhub Khabarhub

रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिला बढी


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०–०८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ४४ हजार ९७२ जनाले सेवा लिएका छन् भने अल्ट्रासाउन्ड सेवा ५३ जना र अन्तरङ्ग सेवा ३२ जनाले लिएका छन् । अस्पतालले पूर्वकर्म/पञ्चकर्ममार्फत ४१ हजार ४३९ सेवा प्रवाह गरेको जनाएको छ ।

अस्पतालकी प्रमुख डा. कोपिला अधिकारीका अनुसार स्तनपायी आमालाई ८८१, जेष्ठ नागरिकलाई ६ हजार ८०७, योग सेवामा एक हजार १३०, प्याथोलोजी सेवा ६ हजार १६, नागरिक आरोग्य चार हजार २७०, अकुपञ्चर सेवा एक हजार सात र फिजियोथेरापी ८३२ पटक सेवा प्रदान गरिएको छ ।

सेवा लिनेमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी रहेको प्रमुख अधिकारीले बताइन् । उनले भनिन्, ‘पुरुषको तुलनामा महिला नियमित रूपमा सेवा लिन आउनुहुन्छ । महिलामा आयुर्वेदप्रतिको आकर्षण बढी देखिएको छ ।’

चिकित्सालयअन्तर्गतको आयुर्वेद औषधि उत्पादन केन्द्रबाट हाल १० प्रकारका औषधि उत्पादन भइरहेको र अन्य औषधि सिंहदरबार वैद्यखानाबाट ल्याइने बाइएको छ ।

अस्पतालमार्फत २७ प्रकारका गुणस्तरीय औषधि निःशुल्क वितरण गरिने गरिएको छ, जसले विशेषगरी नसर्ने रोगहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ ।

बालबालिकालाई लक्षित गरी अस्पतालले प्रत्येक महिना स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो परम्परागत आयुर्वेदिक औषधिले प्रतिरक्षा प्रणाली सुदृढ बनाउने डा अधिकारीको भनाइ छ ।

डा. अधिकारीका अनुसार शिवघाट, देवघाट, गुञ्जानगर, पटीहानी, माडी, मेघौली, डालेटार र वीरेन्द्रनगरमा आयुर्वेद औषधालय सञ्चालनमा छन् ।

भरतपुरको शिवनगरबाट जीवनशैली सेवा प्रदान गरिँदै आएको छ भने कालिका, खैरहनी र इच्छाकामनामा नागरिक आरोग्य केन्द्रमार्फत सेवा विस्तार गरिएको छ ।

कार्यक्रममा चिकित्सक डा. सुमन खनाल र डा. देवेन्द्रकुमार यादवले नयाँ भवनबाट सेवा प्रवाह गर्दा थप सुविधा पुगेको र सेवा गुणस्तरमा उल्लेखनीय सुधार आएको बताए । उनीहरूले आयुर्वेद सेवाको थप प्रचारप्रसार आवश्यक रहेकोमा जोड दिए ।

अस्पतालका अध्यक्ष राजेन्द्र अधिकारीले सञ्चारमाध्यममार्फत आयुर्वेदसम्बन्धी जानकारी जनस्तरसम्म पुर्‍याउन सके अझ बढी नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा पत्रकारले अस्पतालको सेवा र गुणस्तरबारे सुझाव र प्रतिक्रिया राखेका थिए । (रासस)

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : ३४ बजे

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौं– वैदेशिक रोजगार विभागले जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीका कारण