एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ? | Khabarhub Khabarhub

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

उडेको ३२ सेकेन्डमै भुइँमा खस्नुअघि बन्द थिए दुवै इन्जिन


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा उडेलगत्तै भएको दुर्घटनाको प्रारम्भिक प्रतिवेदन आएको छ । २६० जनाको ज्यान जानेगरी भएको उक्त दुर्घटना ककपिटमा देखिएको विरोधभाषबाट भएको विवरण प्रतिवेदनमा उल्लेख छ।

अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो। एअरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्यूरो (एएआईबी) ले १२ जुलाईमा सार्वजनिक गरेको १५ पृष्ठको प्रतिवेदनमा दुर्घटनाको ठिक अघि जहाजका दुवै इन्जिन बन्द रहेको उल्लेख गरेको छ।

उडेपछि केही सेकेन्डभित्रै एकपछि अर्को गर्दै जहाजका दुवै इन्जिन बन्द भए। ककपिट रेकर्डिङ अनुसार एक पाइलटले अर्को पाइलटलाई सोधेका थिए, ‘के तिमीले इन्जिन बन्द गर्‍याै ?’ जवाफ आयो, ‘मैले होइन।’

१२ जुनमा अहमदाबादबाट लण्डन गइरहेको फ्लाइट एआई १७१ उडेको केही समयमै एउटा मेडिकल होस्टलको भवनमा ठोक्किएको थियो। दुर्घटनामा जहाजमा सवार भुइँकासहित २७० जनाको ज्यान गयो, जसमध्ये जहाजमा २४१ सवार थिए । जहाज रहेका केवल एक जना मात्र बाँच्न सफल भए।

एआई १७१ ले १२ जुन दिउँसो १:३८ बजे अहमदाबावबाट लण्डनका लागि उडान भरेको थियो। यो जहाज १:४० बजे दुर्घटनामा परेको थियो। त्यस बेला विमान २०० फिट उचाइमा थियो।

जाँचमा के पत्ता लाग्यो?

प्रश्न: आकाशमा के भयो?
उत्तर: उडान भरेको केही सेकेन्डमै दुवै इन्जिन बन्द भए। इन्धन कटअफ स्विच एक सेकेन्डको अन्तरालमा ‘रन’ बाट ‘कटअफ’ मा परिणत भए। यसले इन्जिनमा इन्धन आपूर्ति बन्द गर्‍यो।
प्रश्न: पाइलटबीच के संवाद भयो?
उत्तर: ककपिट अडियोमा एक पाइलटले सोधे- ‘तिमीले किन इन्जिन बन्द गर्‍याै ?’ अर्काले जवाफ दिए- ‘मैले होइन ।’

प्रश्न: इन्जिन फेरि स्टार्ट गर्न प्रयास भयो ?

उत्तर: पाइलटहरूले इन्जिन फेरि स्टार्ट गर्ने प्रयास गरे । एन१ (इन्जिन १) आंशिक रूपमा स्टार्ट भयो, तर इन्जिन- २ दुर्घटना हुनुअघि स्टार्ट हुन सकेन । विमान केवल ३२ सेकेन्ड आकाशमा रह्यो ।

प्रश्न: इन्धनमा समस्या थियो?

उत्तर: इन्धन परीक्षणमा कुनै खराबी पाइएको छैन। थ्रस्ट लिभर पूरै टुटेका थिए। ब्ल्याक बक्सले टेकअफ थ्रस्ट सक्रिय भएको देखायो, जुन सम्पर्कविच्छेदको संकेत हो। थ्रस्ट लिभर इन्जिनको शक्ति नियन्त्रण गर्न प्रयोग गरिन्छ।

प्रश्न: चराहरु ठोक्किएका थिए?
उत्तर: फ्ल्याप सेटिङ (५ डिग्री) र ल्यान्डिङ गियर सामान्य अवस्थामा थिए। बर्ड हिटिङ्ग (चरासँग ठोक्किनु) को कुनै संकेत छैन।

प्रश्न: मौसम कस्तो थियो?

उत्तर: मौसम सफा थियो, दृश्य प्रष्ट र राम्रो थियो। हावा, आँधी, तुफानसहित खराब मौसम थिएन।

प्रश्न: पाइलटहरू स्वस्थ थिए?

उत्तर: दुवै पाइलट स्वास्थ्यका हिसाबले पूर्ण फिट थिए। कुनै स्वास्थ्य समस्या थिएन। पाइलटमा ८,२०० घण्टा र को-पाइलटमा १,१०० घण्टा उडान अनुभव थियो।

प्रश्न: विमान निर्माता कम्पनीलाई केही भनिएको छ?

उत्तर: रिपोर्ट प्रारम्भिक चरणमा छ, अनुसन्धान जारी छ। अहिलेसम्म बोइङ वा इन्जिन निर्माता जनरल इलेक्ट्रिक (जीई) लाई कुनै सल्लाह वा चेतावनी दिइएको छैन।

उडानपछि आरएटी सक्रिय

एएआईबीले सीसीटीभी फुटेजमार्फत् र्‍याम एयर टर्बाइन (आरएटी) सक्रिय भएको पुष्टि गरेको छ।

यो एउटा सानो प्रोपेलरजस्तै यन्त्र हो, जुन हावाको गतिबाट घुमेर बिजुली र हाइड्रोलिक पावर उत्पादन गर्छ। जब विमानको मुख्य शक्ति बन्द हुन्छ वा हाइड्रोलिक सिस्टम फेल हुन्छ, आरएटले न्यूनतम नेभिगेसन र नियन्त्रण प्रणाली चलाइराख्न सहयोग गर्छ।

प्रतिवेदन अनुसार विमान पहिलो पटक एउटा रुखमा ठोक्किएको थियो। त्यसपछि चिम्नीमा र अन्ततः मेडिकल भवनमा ठोक्किएर आगलागी भयो। विमानका टुक्रा टाढा-टाढासम्म फैलिए।

पाइलटले मेडे (आपतकालीन) पठाए

विमानको अन्तिम सिग्नल १९० मिटर (६२५ फिट) उचाइमा प्राप्त भएको थियो। एआशई १७१ जहाजले १२ जुन दिउँसो १:३९ मा रनवे २३ बाट उडान गरेको थियो। उडेपछि जहाजले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे’ कल (आपतकालीन सन्देश) पठाएको थियो, तर त्यसपछि थप सन्देश आएको थिएन।

फ्यूल स्विच ?

ड्रिमलाइनर विमानमा दुवै इन्जिनमा दुई मोड हुन्छन् – रन (चालु) र कटअफ (बन्द)। यदि विमान आकाशमा हुँदा स्विच कटअफमा सर्छ भने इन्जिनमा इन्धन आपूर्ति रोकिन्छ । जसले थ्रस्ट सकिएर विद्युत आपूर्ति बन्द हुन्छ। यसले ककपिटका उपकरण समेत बन्द हुन सक्छन् ।

यो पनि पढ्नुहोस्
इन्डिया विमान दुर्घटना भएको रिपोर्ट सार्वजनिक

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : ५२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं