नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल « Khabarhub

नेपाल र रुवाण्डाबीच लगानी साझेदारीको सम्भावना : अध्यक्ष ढकाल


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र रुवाण्डाबीच व्यापार, पर्यटनलगायत लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् ।

रुवाण्डाको स्वतन्त्रता दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै उनले नेपालको चिया, जडीबुटी र हस्तकला र रुवाण्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको सम्भावना रहेको बताए ।

उनले नेपाल र रुवाण्डाबीच भन्सार सुधार, डिजिटल उपकरणको प्रयोग, व्यवसायको सहजता प्रवर्द्धन, संयुक्त व्यापार मञ्च र लगानी प्रवर्द्धनमा सहकार्य गर्न सकिने बताए ।

अध्यक्ष ढकालले रुवाण्डाले व्यवसाय गर्न सहज बनाउन गरेको सुधारको चर्चा गर्दै रुवाण्डा विकास बोर्डको पहल, एकदिनमै कम्पनी दर्ता हुने प्रक्रिया र लगानीमैत्री वातावरणले प्रविधि, वित्त, उत्पादन र पर्यटनमा विदेशी लगानी आकर्षित गरेको उल्लेख गरे ।

कफी, चिया, पर्यटन र पूर्वाधार विकासमा भएको प्रगति नेपालीका लागि पनि सिक्ने विषय भएको उनको भनाइ थियो ।

रुवाण्डाको साहसिक रूपान्तरण यात्रा नेपाली जनताका लागि प्रेरणाको स्रोत भएको बताउँदै अध्यक्ष ढकालले सन् १९९४ मा भएको नरसंहारपछि रुवाण्डाले शान्ति, एकता र प्रगति हासिल गर्न गरेको प्रयासलाई उच्च सम्मान प्रकट गरे ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : २३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट