‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल | Khabarhub Khabarhub

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको छ । निर्माण पक्षले आइतबार फिल्म निर्माणको घोषणा गरेको हो ।

निर्देशक लामाका अनुसार यस फिल्मको नायकमा राज कटुवाल फाइनल भएका छन् । राज गत जेठ ९ मा प्रदर्शनमा आएको फिल्म ‘नरसिंहा ः अभतार’का नायकसमेत हुन् ।

अन्य कलाकार चयनको काम भने बाँकी रहेको निर्देशक दीपेन्द्रले बताए । उनले भने, ‘पटकथामा सुनाउने कलाकार भेटेर राजलाई अनुबन्ध गरिहाल्यौँ। बाँकी कलाकार अब चाँडै अनुबन्ध गर्नेछौँ ।’

निर्देशक लामा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुःखी आत्मा’ निर्देशक र लेखक हुन् । जुन फिल्म व्यापारिक रुपमा फ्लप भएको थियो । त्यसको लाइफटाइमा ग्रस कलेक्सन ७१ लाख २७ लाख मात्रै छ ।

यस फिल्मका लेखक सामिप्यराज तिम्लसेना हुन् । उनका अनुसार यो फिल्म ग्रामिण प्रेमकथामा आधारित छ ।

कथाबारे उनी थप्छन्, ‘पछिल्लो समय नेपाली फिल्ममा देखिएको भन्दा फरक स्वभावको कथा हो यो ।’

दीपेन्द्र र सामिप्यको यो दोस्रो सहकार्य हुन् । यसअघि उनीहरुले पहिलो सहकार्य फिल्म ‘गोपी’मा भएको थियो । ‘गोपी’ ०७५ सालमा प्रदर्शनमा आएको थियो ।

नायक विपीन कार्की आफ्‍नो करिअरको उत्कृष्ट मध्येको एक फिल्म ‘गोपी’लाई मान्छन् ।

दीपेन्द्र र सामिप्य दुवै पत्रकारिता पृष्ठभूमिका हुन् । सात वर्षपछि फेरि उनीहरुको सहकार्य हुन लागेको हो । ‘मुनामदनको ब्रेकअप’ दीपेन्द्रको निर्देशन रहने सातौं फिल्म हो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : १८ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक