मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग « Khabarhub

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानबिन गर्न माग गरेको छ ।  

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रीपरिषद्मा रहेका केही मन्त्रीहरूको सेटिङ बाहिर आएको भन्दै त्यसको छानबिन गर्न माग गरिन् । 

कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिमा सेटिङ र भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको विषय बाहिरिएको भन्दै छानबिन हुनुपर्ने उनले बताइन्  । 

त्यस्तै श्रेष्ठले भिजिट भिसा प्रकरणमा सदनमा निरन्तर आन्दोलन हुँदा पनि भिजिट भिसामा मानवतस्करी गर्ने काम नरोकिएको भन्दै आक्रोश व्यक्त गरिन् । आफूहरूले उठाउँदै आएको भिजिट भिसाको प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रमबाट थप पुष्टि भएको उनले बताइन् ।

श्रेष्ठले भिजिट भिसाको प्रकरणमा यसअघिको कार्यदलको रिपोर्ट दराजमा थन्किएर बसेको भन्दै अहिले बनाएको कार्यदलको पनि कुनै औचित्य नभएको उल्लेख गरिन्  । उनले भिजिट भिसाको प्रकरणमा संसदीय समिति नबनेसम्म आन्दोलन जारी रहने स्पष्ट पारिन् ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : १२ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको