काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू) « Khabarhub

काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १५ गतेभित्र ल्याउनुपर्नेमा काठमाडौं महानगरपालिकाले दुई साता ढिलो गरी ल्याएको छ । आइतबार मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरिन् ।

काठमाडौं महानगरपालिकामा मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण समयमा नीति तथा कार्यक्रम र बजेट नआएको हो ।

आइतबार सम्पन्न १७ औं नगर सभामा पनि प्रष्ट देखियो । मेयर शाहले सम्बोधनका क्रममा उपमेयरलाई मात्र सम्बोधन गरे, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको नामै लिएनन् ।

गुरागाईँको छटपटी प्रस्टै देखियो । उनी घरी घडी हेर्ने घरी यताउति हेर्ने गरिरहेका थिए । मेयर र उपमेयर भने घरीघरी एक अर्कातिर तन्किएर कुरा गरिरहेका देखिन्थे । मेयर निस्किएपछि मात्र उनी खुलेका थिए।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ०७ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,