तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो « Khabarhub

तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली गीत–संगीतबाट विकृति फैल्याएको भन्दै तीनवटा गीतविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

धुव्र पुन र चन्द्रकुमारी शाहीले गाएको गीत ‘गाई कालो’, राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाले स्वर दिएको ‘सल्ला दमारमा’ तथा रामजी खाँड र शान्तिश्री परिवारले स्वर दिएको ‘लुकी लुकी’ गीतविरुद्ध उक्त संस्थाले आइतबार उजुरी दिएको हो ।

यी गीतहरू द्विअर्थी, अश्लील र सांस्कृतिक मर्यादाविपरीत रहेको उक्त संस्थाले ठहर गरेको छ । यी गीतहरूले मौलिकता, भाषा र सामाजिक मूल्य-मान्यतामा क्षति पुर्‍याएको दाबी उजुरी पत्रमा गरिएको छ।

‘लुकी लुकी’को भिडियोमा नायिका प्रियंका कार्की र मोडल सुनील क्षेत्रीले नृत्य गरेका छन् ।

संस्थाले ती गीतको भिडियोमार्फत् सामाजिक सद्भाव भड्काउनेका रुपमा तीन जनाको नाम उल्लेख गरेको छ । जसमा ‘कलौटे’ उपनामले सामाजिक सञ्जालमा भाइरल तेजेन्द्र, रितु बस्नेत र निकिशा श्रेष्ठ छन् । यी तीन जनाले गीत ‘गाई कालो’मा अभिनय गरेका छन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीत र भिडियोमा संलग्न कलाकारलाई कानुनी कारबाही गर्न ब्युरोसँग माग गरेको छ । उनीहरूलाई फेरि यस्ता गीत निर्माण नगर्ने कबुलनामा गराउनसमेत संस्थाले माग गरेको छ ।

ती गीतहरू सामाजिक सञ्जालबाट हटाउन निर्देशन दिन पनि संस्थाले ब्युरोको ध्यानकर्षण गराएको छ ।

उजुरी :

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : ०५ बजे

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ