इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक « Khabarhub

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति मसाउद पेजेस्कियन हल्का घाइते भएको रिपोर्ट बाहिर आएको छ।

इरानको रेभुलेसनरी गार्डसँग निकट फार्स न्युज एजेन्सीका अनुसार १६ जुनका दिन तेहरानको अन्डरग्राउन्डमा लक्षित गर्दै बम प्रहार हुँदा उनी घाइते भएका थिए। राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएकै समयमा आक्रमण भएको थियो।

त्यस समयमा राष्ट्रपतिको गोडामा चोट लागेको थियो। सार्वजनिक भएको भिडियोमा उत्तर पश्चिम तेहरानमा भीषण आक्रमण भएको थियो।

फार्स न्युजकै अनुसार मानिस प्रवेश गर्ने ६ वटा ढोका नै इजरायलको आक्रमणको कारण नास भएका थिए। सो समयमा बत्तीको लाइन समेत काटिएको थियो। यसका बाबजुद राष्ट्रपति पेजेस्कियन सुरक्षित रूपले बाहिर निस्कन सफल भएको समाचारमा उल्लेख छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : १७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु