इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक « Khabarhub

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति मसाउद पेजेस्कियन हल्का घाइते भएको रिपोर्ट बाहिर आएको छ।

इरानको रेभुलेसनरी गार्डसँग निकट फार्स न्युज एजेन्सीका अनुसार १६ जुनका दिन तेहरानको अन्डरग्राउन्डमा लक्षित गर्दै बम प्रहार हुँदा उनी घाइते भएका थिए। राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएकै समयमा आक्रमण भएको थियो।

त्यस समयमा राष्ट्रपतिको गोडामा चोट लागेको थियो। सार्वजनिक भएको भिडियोमा उत्तर पश्चिम तेहरानमा भीषण आक्रमण भएको थियो।

फार्स न्युजकै अनुसार मानिस प्रवेश गर्ने ६ वटा ढोका नै इजरायलको आक्रमणको कारण नास भएका थिए। सो समयमा बत्तीको लाइन समेत काटिएको थियो। यसका बाबजुद राष्ट्रपति पेजेस्कियन सुरक्षित रूपले बाहिर निस्कन सफल भएको समाचारमा उल्लेख छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : १७ बजे

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि