गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु « Khabarhub

गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १० जनाको इजरायली आक्रमणमा ज्यान गएको छ।

यसरी ज्यान गुमाउनेमा ६ जना बालबालिका समेत छन्। अहिले कतारको दोहामा हमास र इजरायलको बीचमा वार्ता भइरहेको छ। वार्ताको बीचमा दुवै पक्षले एक आपसमा युद्ध विरामको मापदण्ड नटेरेको आरोप लागिरहेको छ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अन्तरालमा १३९ शव अस्पतालमा लगिएका छन्। २ जुलाईपछि यो सङ्ख्या सबै भन्दा धेरै हो।

७ अक्टोबरमा २०२३ हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलमा गाजामा आक्रमण सुरु गरेको थियो। त्यसयता ५८ हजार २६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पानी बोकेर हिँडिरहेका धेरै बालबालिका घाइते भएको तथा रुवावासी भएको दृश्य सार्वजनिक भइरहेको छ। इजरायलले भने आतङ्कवादी भनेर गरिएको आक्रमण गलत स्थानमा परेको जनाएको छ।

आइतबार नै केन्द्रीय गाजाको भीडमा भएको आक्रमणमा १२ जनाको ज्यान जानुका साथै ४० जना घाइते भएका छन्।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ५४ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता