कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा « Khabarhub

कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-०८२ मा पालिकाभित्र रहेका चार हजार पाँच सय ४३ घरधुरीका नागरिकको निःशुल्क बीमावापतको रकम रु एक करोड ७२ लाख भुक्तानी गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्य राख्दै कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।

निःशुल्क स्वास्थ्य बीमा गरेसँगै पालिकाले चालु आर्थिक वर्ष २०८१-०८२ मा एक करोड ७२ लाख ७२ हजार एक सय ५० स्याङ्जास्थित स्वास्थ्य बीमा कार्यालयमा भुक्तानी गरेको गाउँपालिकाका निःशुल्क बीमा कार्यक्रममा कार्यरत दुर्गा पाण्डेले जानकारी दिइन् ।

सातवटा वडा रहेको कालीगण्डकी– १ मा सात सय ७२ घरधुरी, वडा नम्बर २ मा सात सय २६ घरधुरी, वडा नम्बर ३ मा पाँच सय ८३, वडा नम्बर ४ मा छ सय ६८, वडा नम्बर ५ मा छ सय ८०, वडा नम्बर ६ मा पाँच सय ८८ र वडा नम्बर ७ मा पाँच सय २६ गरी कूल चार हजार पाँच सय ४३ घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।

गाउँपालिकाले पहिलो चरणमा एक हजार ६१७ घरधुरीको बीमावापत ६१ लाख ७७ हजार १५० भुक्तानी गरेको थियो । दोस्रो चरणमा दुई हजार एक सय ८३ घरधुरीका लागि ८२ लाख रु ७० हजार ५००, तेस्रो चरणमा तीन सय ९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५० र चौँथो तथा अन्तिम चरणमा तीन सय ४४ घरधुरीको बीमावापत १३ लाख ३२ हजार चार सय ५० भुक्तानी गरेको छ । 
 
गाउँपालिकाका सात वटै वडाका चार हजार पाँच सय ४३ कूल घरधुरीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममार्फत समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । (रासस)

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १० : ४० बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ