काठमाडौं, धादिङ र सिराहाबाट लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

काठमाडौं, धादिङ र सिराहाबाट लागूऔषधसहित चार जना पक्राउ


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले लागूऔषध खैरोहिरोइनसहित काठमाडौं, धादिङ र सिराहाबाट चार जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ ग्राम खैरो हेरोइनसहित रूपन्देहीको बुटवल-११ का अभिशेक श्रेष्ठलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई उक्त पदार्थ सहित फेला पारेको प्रहरीले जनाएको छ ।

यस्तै सिराहा गोलबजार नगरपालिका-३ जम्दहबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय जयकुमार नायक र मिर्चैया नगरपालिका-७ का रंजितकुमार मण्डल छन् ।

त्यसैगरी धादिङ बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट १ सय ४३ किलो ८ सय ४० ग्राम गाँजासहित भारत बिहार मोतिहारी थाना रक्सोल नोइपाढीह-४ सहदेवाका सरहज मियाँलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तीबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया