भारतीय मन्त्री भन्छन्- कालादान परियोजना २०२७ देखि सञ्चालनमा आउँछ « Khabarhub

भारतीय मन्त्री भन्छन्- कालादान परियोजना २०२७ देखि सञ्चालनमा आउँछ


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवालले कालादान परियोजना सन् २०२७ देखि सञ्चालनमा आउने बताएका छन् । पूर्वोत्तर क्षेत्रमा सहज पहुँच विस्तार गर्नका लागि भारतले म्यान्मारसँग मिलेर यस परियोजना निर्माण गरिरहेको छ ।

यस परियोजना सम्पन्न भएको खण्डमा पश्चिम बङ्गालको राजधानी कोल्काता र मिजोरम राज्यको राजधानी ऐजवालबीचको दूरी ७ सय किलोमिटरले छोटिने अपेक्षा गरिएको उनले बताए । हाल सित्वे बन्दरगाह तयार रहेको बताउँदै उनले म्यान्मारको बाटो हुँदै ऐजवाललाई उक्त बन्दरगाहसँग जोड्ने कार्य जारी रहेको जानकारी दिए ।

सित्वे बन्दरगाह म्यान्मारको रखाइन राज्यमा अवस्थित रहेको छ । सन् २०२३ मा सञ्चालनमा आएयता उक्त बन्दरगाहमा कोल्कातादेखि गएका जहाजबाट २ हजार मेट्रिक टन कार्गो अनलोड गरिएको छ ।

मन्त्री सोनोवालले पूर्वोत्तर क्षेत्रले भारतको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । इण्डियन डिफेन्स रिसर्च विङका अनुसार भारतको जलपरिवहन मन्त्रालयले जलमार्गको विकासका लागि १ हजार करोड भारतीय रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ०५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार