क्यान निर्वाचन : भोटिङ सकियो, को बन्ला अध्यक्ष ? « Khabarhub

क्यान निर्वाचन : भोटिङ सकियो, को बन्ला अध्यक्ष ?


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएसँगै मतगणना थालिएको छ ।

शुक्रबार उद्घाटन भएको साधारण सभामा आज निर्वाचन भएको हो । ५९ जना मतदातामा सबैले मतदान गरेका छन् । अहिले मतगणना भइरहेको छ ।

नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्द प्रतिस्पर्धामा छन् । पदाधिकारीमा प्यानलसहित उनीहरु चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

सदस्य पदमा भने प्यानल निर्धारण गरिएको छैन । चन्दको प्यानलमा उपाध्यक्ष पदका लागि राजबाबु श्रेष्ठ, सचिवका लागि अशोकनाथ प्याकुरेल र कोषाध्यक्षका लागि रोशन कुमार सिंहको उम्मेद्वारी परेको छ ।

पाण्डे प्यानलबाट उपाध्यक्षमा मिग्मा दुन्डु शेर्पा, सचिवमा विनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराईको उम्मेद्वारी परेको छ ।

५९ जना मतदाता रहेको क्यानको १७ सदस्यीय कार्यसमितिमा १ जना महिला अनिवार्य भएकाले प्रतिनिधि आएकी जयन्ती भट्ट पहिला नै निर्विरोध भएकी थिइन् । बाँकी १६ सदस्यीय कार्यसमितिका लागि २९ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये प्रदेश सदस्यको लागि प्रदेश २, गन्डकी, प्रदेश ५, कर्र्णाली र सुदूरपश्चिम प्रदेशबाट एक एक जनाको उम्मेद्वारी परेकाले उनीहरु निर्विरोध चयन भएका छन् ।

प्रदेश २ बाट मोहम्मद दाउद अन्सारी, गन्डकीबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, कर्णालीबाट पदम बहादुर खड्का र सुदूरपश्चिमबाट विक्रम विष्ट प्रदेश सदस्यमा निर्विरोध भएका हुन् ।

प्रदेश १ र ३ बाट भने सदस्यका लागि दुई दुई जनाको उम्मेद्वारी परेकाले मतदान भएको छ । प्रदेश १ बाट कैशाल विष्ट र लाक्पा लामा तथा प्रदेश ३ बाट अमितवीर पान्डे र कैशाल प्रधानले उम्मेद्वारी दिएका छन् ।

५ जना खुला सदस्यका लागि ११ जनाको उम्मेद्वारी परेको छ । जसमा अर्जुन पौडेल, विरेन्द्रबहादुर चन्द, धिरेन्द्र साउँद, दुर्गाराज पाठक, जगत बहादुर टमाटा, करन महोत्रा क्षेत्री, माधवकुमार कर्माचार्य, नरेश राणा, पवन अग्रवाल, प्रफुल्ल बैद्य र सन्जयराज सिंहले उम्मेद्वारी दिएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  २ : ०६ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको