भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता « Khabarhub

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ । लर्ड्समा सम्पन्न तेस्रो टेस्ट खेलमा भारतलाई २२ रनले पराजित गर्दै पाँच खेलको टेस्ट सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ।

रोमाञ्चक उतारचढावबीच सम्पन्न खेलमा इंग्ल्यान्डले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै भारतको जितको आशालाई ध्वस्त बनाएको हो। इंग्ल्यान्डले भारतलाई अन्तिम इनिङ्समा २२१ रनको लक्ष्य दिएको थियो, तर भारतीय टिम १९८ रनमै समेटियो।

इंग्ल्यान्डका बलरहरूले निर्णायक क्षणहरूमा विकेट लिँदै खेलको पासा पल्टाए। विशेषगरी दोस्रो इनिङ्समा इंग्ल्यान्डका पेसरहरूले भरपर्दो प्रदर्शन गर्दै भारतका मुख्य ब्याट्सम्यानहरूलाई सहज रन बनाउन दिएनन्।

यस जितसँगै इंग्ल्यान्डले पाँच टेस्टको सिरिजमा २–१ को अग्रता बनाएको छ। अब बाँकी रहेका दुई खेलमा भारतलाई सिरिज बचाउनका लागि दुबै खेल जित्नैपर्ने दबाब छ । इंग्ल्यान्डलाई सिरिज कब्जा गर्न अब एक जित मात्रै आवश्यक छ।

सिरिजको चौथो टेस्ट खेल आगामी हप्ता म्यानचेस्टरमा सुरु हुने तालिका छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १० : ४१ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी