हाइड्रोको आईपीओ रोकिएपछि आन्दोलनको अवस्थामा पुग्यौँ : इप्पान अध्यक्ष « Khabarhub

हाइड्रोको आईपीओ रोकिएपछि आन्दोलनको अवस्थामा पुग्यौँ : इप्पान अध्यक्ष


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अवरुद्ध हुन थालेपछि निजी क्षेत्र आन्दोलनको अवस्थामा पुगेको बताएका छन् ।

इप्पानको २३औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष कार्कीले जलविद्युत् आयोजना सञ्चालन गर्न आवश्यक पूँजी जुटाउन आईपीओ महत्वपूर्ण माध्यम भए पनि पछिल्लो समय सरकार र नियामक निकायले प्रक्रिया सहज बनाउन चासो नदिएको कार्कीको भनाई थियो ।

आयोजनाहरू अगाडि बढाउन चाहने कम्पनीहरू लामो समयदेखि शेयर निष्कासनका लागि प्रतीक्षामा रहेको कार्कीले बताए । तर, आवश्यक अनुमति समयमै नआउँदा आयोजना प्रभावित भएको कार्कीको भनाई थियो ।

कार्कीले धितोपत्र बोर्ड र ऊर्जा मन्त्रालयबीच समन्वयको अभावले ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश गएको उल्लेख गर्दै नीति तहमा भएका असजिलो प्रक्रिया र ढिलासुस्तीका कारण निजी क्षेत्र निरुत्साहित हुन थालेको  उल्लेख गरे ।

उनले जलविद्युत् आयोजनामा सर्वसाधारणको लगानी विस्तार गर्न तथा मुलुकलाई ऊर्जा आत्मनिर्भर बनाउने लक्ष्य हासिल गर्न शेयर निष्कासन सहज हुनुपर्ने धारणा राखे ।

अध्यक्ष कार्कीले अवस्था यथावत् रहेमा निजी क्षेत्र आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले लगानीमैत्री वातावरण बनाउन नीति तथा कानूनमा सुधार आवश्यक रहेको धारणा राखे । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ४४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट