आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र « Khabarhub

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– कनकाई नगरपालिकाले  सङ्घीयता कार्यान्वयनका आठ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छभने २० किलोमिटरमा पेवर्स विछ्याएको छ ।

‘सडक पूर्वाधारको विकासमार्फत कनकाईले काँचुली फेरेको छ,’ कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलले भने, ‘स्थानीय तहको पहिलो कार्यकालदेखि नै सडक निर्माणले प्राथमिकता पायो । यति धेरै सडक बनिसकेका छन् कि अब सडक निर्माणका लागि बजेट कम गर्नु पर्ने अवस्था आएको छ ।’

सडक बनेपछि कृषि उपज बजारसम्म पुर्‍याउन, नगरभित्र आवतजावत गर्न र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सडकको स्तरोन्नतिले सहज भएको छ । कनकाई नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोशन सुवेदीले आफ्नो वडामा ११ किलोमिटर सडक कालोपत्र भएको बताए। उनले भने, ‘कनकाईले गरेको विकासबारे जानकारी लिन एकपटक यहाँ आउन मेरो आग्रह छ ।’

क्षेत्रफलका आधारमा जिल्लाको सबैभन्दा सानो नगरपालिका कनकाईको अमरपथ, लक्ष्मीमार्ग, पञ्चायत मार्ग, जनपथ, भृकुटी र लक्ष्मीपुर–घैलाडुब्बा सडक मुख्य सडक मानिन्छन् । अधिकांश प्रमुख सडक कालोपत्र भइसकेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कनकाईको जनसङ्ख्या ५३ हजार छ । कनकाई वडा नं. ३ सुरुङ्गामा पालिकाले  चार करोड ५० लाख २९ हजार ११२ को लागतमा आधुनिक कृषिबजार भवन निर्माण गरिरहेको छ । नगरले कृषिसँगै स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आएको छ । नगरमा १५ शय्याको अस्पताल  निर्माणाधीन छ । आगामी जेठ १५ मा अस्पताल भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

कनकाई नगरपालिका नेपालको पहिलो विद्युत चुहावटमुक्त, बन्द निषेधित र सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र हो । नगरमा कनकाई कोटीहोम, धनुषकोटी धाम, जामुनखाडी सिमसार, हेप्पील्यान्ड लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : २० बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९