दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला ! | Khabarhub Khabarhub

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

कर्नाटक – भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। दक्षिणी कर्नाटकाको सामातीर्थ पहाडमा प्रहरीले गस्ती गरिरहेको समयमा ९ जुलाइको दिन उनीहरुलाई फेला पारेको हो। आठ वर्ष अघि भिषा सकिएकी निना कुटिना नामकी उनी एक वर्ष अघिदेखि त्यहाँ बसिरहेको प्रहरीले जानकारी दिएको हो।

झरनामा नुहाउदै, पेन्टिङ गर्दै र कविता लेख्दै जीवन बिताउने गरेको उनीहरुले बताएका छन्।
‘जंगलमा प्रकृतिसँग रमाउदै बाच्नुको महत्त्वपूर्ण अनुभव हामीले गरेका छौं। मैले मेरा छोरी मरुन् भनेर यहाँ ल्याएको होइन। हामी यहाँ जीवित नै रहने छौं,’ उनले भनिन्।

प्रहरीका अनुसार सन् २०१७ मा आउनु अघि नै उनले अन्य चार देशको भ्रमण गरेकी थिइन्। बिजिनेस भिषामा भारत आएकी उनको भिषाको म्याद सन् २०१७ मा सकिएको हो। सन् २०१८ को सेप्टम्बरमा उनी नेपाल गएकी थिइन्। नेपालबाट उनी फेरि भारत फर्किएकी हुन्। उनले बच्चाको बारे पनि केही बताउन चाहेकी छैनन्। अहिले उनलाई भारतले अवैध आप्रवासी राखेको छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ९ : ५७ बजे

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह

मोरङ– आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : महन्थ ठाकुर

महेन्द्रनगर– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ

तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा

गौरव ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

सुदूरपश्चिम–  कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२