काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर घटाएका छन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये साउन महिनाका लागि १४ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फकाे ब्याजदर घटाएका छन् भने दुई वटा वाणिज्य बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर भने असारको तुलनामा यथावत रहेको छ ।
त्यस्तै, संस्थागत मुद्दतीतर्फ असार महिनाको तुलनामा साउन महिनामा ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने आठ वटा वाणिज्य बैंकले यथावत राखेका छन् । एउटा वाणिज्य बैंकले भने बढाएको छ ।
वाणिज्य बैंकहरूमध्ये साउन महिनामा व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै अर्थात् ६.२६ प्रतिशत ब्याजदर स्टान्डर्ड चार्टर्ड बैंकले दिने भएको छ ।
त्यस्तै, व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा कम ब्याजदर प्रभु बैंकले जम्मा ४.२५ प्रतिशत दिने भएको छ ।
साउन महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ ५.६९७५ प्रतिशत र संस्थागत मुद्दतीतर्फ ४.११३ प्रतिशत औसत ब्याजदर कायम हुने भएको छ ।
बैंकहरूको विवरण
| वाणिज्य बैंक | मुद्दतितर्फ साउन महिनाको ब्याजदर | |
| व्यक्तिगत | संस्थागत | |
| स्टान्डर्ड चाटर्ड | ६.२६ | ३ |
| एभरेष्ट | ६.२५ | ५.२५ |
| एनआईसी एशिया | ६.२५ | ५.२५ |
| सानिमा | ६.१८ | ६ |
| प्राइम कमर्सियल | ६ | ६ |
| माछापुच्छ्रे | ६ | ६ |
| ग्लोबल आइएमई | ६.१८ | ६ |
| एनएमबी | ६ | ६ |
| हिमालयन | ६ | ६ |
| सिद्धार्थ | ५.७५ | ४.७५ |
| कुमारी | ५.६१ | ४.०१ |
| राष्ट्रिय वाणिज्य बैंक | ५.५ | ४ |
| नविल बैंक | ५.५ | ४.०५ |
| लक्ष्मी सनराइज | ५.५ | ४.५ |
| सिटिजन्स इन्टरनेशनल | ५.५ | ३ |
| कृषि विकास | ५.४ | ३.५ |
| नेपाल बैंक | ५.४ | ३.७५ |
| नेपाल एसबीआई | ५.३५ | ४.३५ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ५२५ | ४.२५ |
| प्रभु | ४.२५ | ३.२५ |
| औसत ब्याजदर | ५.६९७५ | ४.११३ |













प्रतिक्रिया