कर्णालीमा पर्यटकको आगमन बढ्यो « Khabarhub

कर्णालीमा पर्यटकको आगमन बढ्यो


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीमा पर्यटकको आगमन संख्यामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार कर्णालीमा पर्यटक आगमनमा वृद्धि भएको हो । 

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा पाँच लाख ७९ हजार नौ सय ४३ जना पर्यटकको आगमन भएको छ । कर्णाली प्रदेशस्थित नमूना छनौटमा परेका होटलहरूबाट प्राप्त तथ्याङ्कको आधारमा समग्र कर्णाली प्रदेशको होटल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषण गरिएको हो । 

समीक्षा अवधिमा कर्णाली प्रदेशका होटलहरुको शय्या संख्यामा कुनै परिवर्तन भएको छैन । समीक्षा अवधिमा प्रदेशमा होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा १०.३० प्रतिशतले वृद्धि भएको देखिन्छ । गत अवधिमा सो व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा ३.७७ प्रतिशतले वृद्धि भएको थियो । 

समीक्षा अवधिमा यस प्रदेशमा समग्रमा पर्यटन आगमन संख्या गत अवधिको तुलनामा ११.०९ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत अवधिमा ८.६४ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा १२.८२ प्रतिशतले वृद्धि भएको छ । 

गत अवधिमा १४.४० प्रतिशतले वृद्धि भएको चिनियाँ पर्यटक आगमनको संख्यामा समीक्षा अवधिमा ३.६९ प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशमा समीक्षा अवधिमा तेस्रो मुलुकबाट आउने पर्यटकहरूको संख्या १३.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
 
गत अवधिमा भने २२.० प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १२ : ३७ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण