रानाथारु समुदायमा ‘सावनको डोला’ | Khabarhub Khabarhub

रानाथारु समुदायमा ‘सावनको डोला’


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक छ । अन्य समुदायकोभन्दा पृथक परम्परा रहेको यस समुदायमा तीज आउनुअगावै सावनको डोला राख्ने परम्परा छ ।

जानकारहरुका अनुसार रानाथारु बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्छन् ।

“अन्य समुदायमा महिलाले श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाइको दीर्घायुका लागि तीजको व्रत बस्ने चलन छ”, कञ्चनपुरको बेदकोट नगरपालिका–६ का प्रेमवती रानाले भने, “हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन् ।”

तीज रानाथारु समुदायको महान् पर्व हो । रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको उनको भनाइ छ ।

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकार बताउँछन् । भीमदत्त नगरपालिका–१६ का चेतराम रानाले तीज आउनुपूर्व नै मनोरञ्जनका रुपमा सावनको डोला (पिङ) खेल्ने प्रचलन रहेको बताए ।

“तीजअघि नै हाम्रो समुदायमा सावनको डोला (पिङ)राख्ने चलन छ”, उनले भने, “विशेषगरी दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गर्छन् ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्पराअनुसार तीज मनाउन समस्या हुने गरेको रानाथारु समुदायका अग्रज बताउँछन् ।

“पहिला जङ्गलबाट काठ ल्याएर पिङ राख्थ्यौँ अहिले जङ्गलबाट काठ ल्याउन पाइदैन पिङका लागि ठूला काठ चाहिन्छन्”, वेदकोट नगरपालिका–९ का सागर रानाले भने, “अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको छ ।”

उनका अनुसार कुनै अशुभ नहोस् भनेर पिङको सुरुआतमा कमिलालाई सावनको डोलामा राखेर पूजा गर्ने चलन छ । त्यसपछि महिलाले पालैपालो परम्परागत गीत गाएर सावनको डोला (पिङ) खेल्ने गर्दछन् ।

उनका अनुसार तीजमा महिला दिनभरि पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्छन् । साँझपख उनीहरू कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्छन् । त्यसरी काटिएको कुसलाई नदीमा गएर सेलाउने चलन छ । नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको जन विश्वास छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ८ : ३६ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले