राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै « Khabarhub

राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । 

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउँसो अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने प्रचार विभाग प्रमुख मोहन बस्नेतले जानकारी दिए । सो टोली दिउँसो १ः०० बजे टंगाल पुग्नेछ ।

‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला ठूला काण्डहरू सम्भव नै छैन। हामी भ्रष्टाचारका सबै काण्डहरूको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाब दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौँ। राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापनपत्र पेश गर्नेछ,’ उनले भने ।

 उनका अनुसार गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चलन गर्ने निर्णय गरेको थियो ।

राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चलन गर्नेछ।
 

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : १४ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६