लागू औषधसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

लागू औषधसहित दुई जना पक्राउ


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट जिल्लाको पूर्विभेग राजदेवी नगरपालिका– १ स्थित लक्ष्मीपुर टोलबाट लागू औषधसहित दुईजना युवक पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत लागू औषध नियन्त्रण ब्युरो शाखाको संयुक्त टोलीले बुधवार राती भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषध सहित पक्राउ गरेको हो।

प्रहरीले  विआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार राजदेवी ८ का २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय निखिल कुमार यादवलाई चेकजाँचको क्रममा पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले बताए। 

प्लास्टिक झोलामा हालिएको विभिन्न ब्रान्डका लागूपदार्थ लिएर हिँडिरहेको अवस्थामा प्रहरीले फेला परेका हुन्।

उनीहरूको साथबाट नाईट्रो भेट (नाइट्राजेपाम) १० एमजी १८ सय ट्याब्लेट नाइट्राजेपाम, ९०० हजार ट्याब्लेट, (सानो पत्ता) पत्तामा ३०० ट्याब्लेट, नशालु इन्जेक्सन डाईजिपाम ३०० एम्पुल, फेनेरगन ३०० एम्पुल, बुप्रेनर्फिन ३०० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी दीपककुमार रायले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनीहरूले ती लागूपदार्थहरू बिक्री गर्ने उद्देश्यले ल्याएका थिए। पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको  प्रवक्ता रायले जानकारी दिएका छन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ९ : २७ बजे

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित

जेन-जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो, १७ सय बढि घाइते

काठमाडौं– जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु