लागू औषधसहित दुई जना पक्राउ « Khabarhub

लागू औषधसहित दुई जना पक्राउ


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट जिल्लाको पूर्विभेग राजदेवी नगरपालिका– १ स्थित लक्ष्मीपुर टोलबाट लागू औषधसहित दुईजना युवक पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत लागू औषध नियन्त्रण ब्युरो शाखाको संयुक्त टोलीले बुधवार राती भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषध सहित पक्राउ गरेको हो।

प्रहरीले  विआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार राजदेवी ८ का २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय निखिल कुमार यादवलाई चेकजाँचको क्रममा पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले बताए। 

प्लास्टिक झोलामा हालिएको विभिन्न ब्रान्डका लागूपदार्थ लिएर हिँडिरहेको अवस्थामा प्रहरीले फेला परेका हुन्।

उनीहरूको साथबाट नाईट्रो भेट (नाइट्राजेपाम) १० एमजी १८ सय ट्याब्लेट नाइट्राजेपाम, ९०० हजार ट्याब्लेट, (सानो पत्ता) पत्तामा ३०० ट्याब्लेट, नशालु इन्जेक्सन डाईजिपाम ३०० एम्पुल, फेनेरगन ३०० एम्पुल, बुप्रेनर्फिन ३०० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी दीपककुमार रायले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनीहरूले ती लागूपदार्थहरू बिक्री गर्ने उद्देश्यले ल्याएका थिए। पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको  प्रवक्ता रायले जानकारी दिएका छन्।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ९ : २७ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।